Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ २७ गते आइतबार

भिमदत्तमा जेष्ठ नागरिकलाई निशुल्क आँखा जाँच हुँदै

खडक ब. काेली - जेष्ठ नागरिकलाई लक्षित गरेर कञ्चनपुरको भीमदत्त नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण तथा उपचार शिविरबाट ४सय ५० जना  भन्दा बढीले सेवा लिएका छन् शनिबार भीमदत्त नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल आँखा अस्पताल महेन्द्रनगरको प्राविधिक सहयोगमा १६ नम्बर वडा कार्यालयमा नि शुल्क आँखा शिविर  आयोजना गरिएको हाे। 
उक्त शिविरबाट ४ सय ५०जनाले प्रत्यक्ष  सेवा लिएका छन् भने ४७ जनाको आँखाको माेतिबिन्दुकाे अपरेसन, १ सय ६७ जनालाई जश्मा वितरण, ८ जनाकाे आँखाको मासु बढेको उपचार र अन्यलाई औषधि वितरण गरिएको आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिंह धामीले बताएका छन्। उहाँका अनुसार उक्त शिविरमा आँखा नदेख्ने, नजिक र टाढाको दृष्टिमा समस्या , पढ्दा र लेख्दा  हुने समस्या मोतिया बिन्दु भएका  जेष्ठ नागरिकहरूको आँखा परीक्षण गरिएको हाे उक्त शिविरबाट  १२ ,१३ ,१४ र १६  नम्बर वडाका जेष्ठ नागरिकहरूले पनि सेवा लिएको नेत्र अधिकृत बिरसिंह धामीले बताए।  आँखाको अप्रेसन गर्नुपर्ने जेष्ठ नागरिकहरूको अप्रेसन केही दिनभित्रै गरिने भएकाे छ।
 निःशुल्क आँखा परिक्षण तथा उपचार शिविरमा  वडा नम्बर १६ का वडा अध्यक्ष केशव सिंह बिष्टले  गरिब निमुखा जेष्ठ नागरिकहरु , पिछडिएको समुदायहरुले  सेवा लिएकाे बताए   अगामि वर्षहरूमा पनि शिविरको आवश्यकता रहेकोले  निशुल्क आँखा शिविर लगायत  स्वास्थ्य सम्बन्धी अरु जनचेतनामूलक निःशुल्क स्वास्थ्य परीक्षण  गरिनुपर्नेमा जोड दिए त्यसैगरी भीमदत्त नगरपालिका १३ नम्बर वडाका वडा अध्यक्ष रामचन्द्र  बाेहाेराले  आँखा शरीरका अङ्गहरू मध्ये अति संवेदनशील अङ्ग भएकोले  धुलाे र खानपानले समेत समस्या आउने आँखा अस्पताल महेन्द्रनगरमा सधैं अपरेसन नहुने हुनाले आँखाका बिरामीहरूले गेटा जानुपर्ने  बाध्यता रहेकाेले यस शिविरबाट  जेष्ठ नागरिक लगायत  वडा बासीहरुले  राहत पाएको बताए ।  भिमदत्त नगरपालिकाले  विभिन्न वडाहरूमा सञ्चालन गर्दै आएको निःशुल्क आँखा शिविरबाट १ सय ५० जनाकाे अपरेसन गरिने  लक्ष्य रहेकाे छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>