Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८१ जेठ २७ गते आइतबार

भीमदत्त नगरपालिका वडा नं.१८ लाई वडा स्तरीय फुटसलको उपाधि

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा आयोजना गरिएको वडा स्तरीय फुटसल प्रतियोगिताको उपाधि भीमदत्त नगरपालिका वडा नं.१८ ले जितेको छ।

खप्तड इन्डोर स्पोर्ट्स भीमदत्त नगरपालिका वडा न.१५ ले जेठ २१ गते देखि लिक कम नकआउट आधारमा आयोजना गरेको वडा स्तरीय फुटसल फुटबल प्रतियोगिताको फाइनल खेल भीमदत्त नगरपालिका वडा नं. १८ र भीमदत्त नगरपालिका वडा नं. ३ बिच प्रतिस्पर्धात्मक खेल भएको थियो। फाइनलमा भीमदत्त नगरपालिका वडा नं.१८ ले ८-३ गोलको अन्तरले भीमदत्त नगरपालिका वडा नं. ३ लाई हराउदै उपाधि जितेको हो।

प्रतियोगिताको विजेता टिम भीमदत्त नगरपालिका वडा न.१८ ले नगद ४१ हजार ट्रफिक प्रमाणपत्र मेडल हात पारेको थियो। भने उपविजेता टिम भीमदत्त नगरपालिका वडा नं. ३ ले नगद ३१ हजार मेडल र ट्रफीमा चित्त बुझाएको छ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भीमदत्त नगरपालिका वडा नं. १५ का सुबास महरा, उदयमान खेलाडी सन्दिप सिंह र उत्कृष्ट गोलरक्षक भीमदत्त नगरपालिका वडा नं. १५ का दिर्घ बोगटी घोषित भएका छन्। उनले आकर्षक ट्रफी हात पारेको आयोजक सदस्य नेत्र राज भट्टले बताउनु भयो। उनका अनुसार प्रतियोगितामा भीमदत्त नगरपालिकाका ११ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको फाइनलमा प्रमुख अतिथि कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द , विशिष्ट अतिथी भीमदत्त नगरपालिका वडा नं.१८ का वडा सदस्य हेम बहादुर बस्नेत, युवा व्यवसाय तेज बहादुर चन्द लगायत खेलाडी खेलप्रेमिको उपस्थित रहेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>