क्रान्तिकारी कम्युनिस्ट पार्टि कंचनपुरले भिमदत्त नगरपालीकाका प्रवक्ता पदम राज अवस्थी लाई बिज्ञप्ति जारि गर्दै चेतावनी दिएकाे छ ।
आज साेमबार क्रान्तिकारी कम्युनिष्ट पार्टि निकट युवाँ संगठनले भिमदत्त नगरबिकास समितिले अदालतले रिट खारेज गरेकाे, संघिय र प्रदेश माननिय समेतले जेठ १८ गते गरेकाे निर्णयकाे समेत अपहेलना हुनेगरि नगरबिकासले अबैध संरचना भत्काउने कार्य राेकेकाे भन्दै अनिश्चितकालिन तालाबन्दी गरेकाे थियाे ।
यसै सन्दर्भमा नगर प्रवक्ता पदम राज अवस्थीकाे आदेशमा तालाबन्दी ताेडेकाे भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टिले एक बिजप्ति जारि गर्दै नगर विकास समितिका भुमाफियाहरु का अवैध संरचना जोगाउन विभिन्न जालझेलहरु गरी युवाहरुले लगाएको ताला भीनपा का प्रवक्ता पदमराज अवस्थी ले सत्ताको आडमा ठाडो निर्देशन दिएर ताला टुटाउन लगाएको विषय प्रति हाम्रो पार्टी को गम्भिर ध्यानाकर्षण भएको छ ।
यस्ता हर्कतले द्वन्द्र श्रृजना गर्ने बाहेक अरू केही उपलब्धि हुने देखिदैन। नगर विकासको गलत कर्तुत का विरूद्ध निरन्तर संघर्ष गर्ने जिम्मेवार राजनितिक दल र उसको सहायक सगठनले लागएको ताला सम्बन्धित पक्ष संग छलफल नगरि ताला टोडनु निरंकुशताको संकेत देखिन्छ। यो कदापि सहय हुदैन। तसर्थ हामी प्रवक्ता अवस्थी लाई चेतानि दिन चाहन्छौ कि यस्ता हर्कतको सुधार होस अन्यथा हामी आवश्यक कार्वाहि गर्न बाध्य हुनेछाै बिज्ञप्तिमा उल्लेख छ ।

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया