Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २९ गते मङ्गलबार

कञ्चनपुरको महाकाली र जगबुढा नदीबाट अवैध उत्खनन् गरेर नदीजन्य पदार्थ ओसार्ने तीन सवारी साधनमाथि नगरपालिकाले कार्बाही गरेको छ । 

महाकाली र जगबुढा नदीबाट अवैध रुपमा उत्खनन् गरेर नदीजन्य पदार्थ ओसार्ने तीन सवारी साधनमाथि दोधराचाँदनी नगरपालिकाले कार्बाही गरेको हो । 

दोधाराचाँदनी नगरका सुचना अधिकारी डम्बरध्वज अवस्थीले गैर कानुनी रुपमा राजस्व छलेर ढुङ्गा,बालुवा ढुवानी गरिरहेका दुई टेक्टर र एक टिप्परमाथि कार्बाही गरिएको बताए ।

सुचना अधिकारी अवस्थीले से१त ८४४४,म१त ९७६नम्बरको टेक्टर र सुपप्र ००१००१ क ५६८ नम्बरको टिप्परले अवैध रुपमा बालुवा, गिटट्टी र ढुङ्गगा उत्खनन् गरेर ल्याएपछि प्रहरीले नियन्त्रणमा ल्याएका सवारी साधनका संचालकमाथि कार्बाही गरिएको बताए ।

उनका अनुसार सोमबार राती साढे ८ बजेतिर अवैध रुपमा ढुवानी गरिरहेका सवारी साधन प्रहरीले नियनत्रणमा लिएर नगरपालिका बुझाएको बताए ।

पहिलो पटक प्रति सवारी साधन २५ हजारका दरले जरिवाना गरेर छाडिएको बताए । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज होम प्रकास चौधरीले नियन्त्रणमा लिएका तीनै सवारी साधनमाथि कार्बाहीका लागि नगरपालिकालाई पत्र पठाएका थिए ।

दोधाराचाँदनी नगरका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले कसैले पनि गैर कानुनी रुपमा नदीजन्य पदार्थ उत्खनन् एव ढुवानी गर्न नहुने बताए । प्रमुख प्रशासकीय अधिकृत मिश्रले कानुन भन्दा तलमाथि गएर नदीजन्य पदार्थ उत्खनन् गर्न नहुने भनाई छ ।

टेक्टर, टिप्परका व्यवसायीहरुले आफुहरुले राजस्व नछलेको र गैर कानुनी नभई प्रहरीलाई राजस्व काटेको पर्ची देखाउँदा देखाउँदै नियन्त्रणमा लिएको गुनासो पोखेका छन । टेक्टर फसेकाले राती भएको उनीहरुको भनाई थियो। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>