Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २९ गते मङ्गलबार

शिक्षकले विद्यार्थीलाई ज्ञान दिने पढाउने अनुशासनमा राख्ने हो, तर कञ्चनपुरमा एक शिक्षकले विद्यार्थीलाई बिस्पोटक पदार्थ बनाउने काममा लगाएको खुलेको छ ।

त्यति मात्रै नभई शिक्षकले विद्यार्थीलाई अनुचितदेखि गैर कानुनी बिस्पोटन पदार्थ बम बनाउन प्रयोग गरेको खुलेको हो ।

कैलालीको लम्की स्थित आर्दश नमुना मावि र बसन्त मुरारी माविका शिक्षकले कञ्चनपुर बेदकोट नगरका छात्र बालक विद्यार्थीलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गरेको पाईएको छ ।

बेदकोट नगरपालिका २ बसन्थला घर भएका कैलाली सुख्खडका शिक्षक हरेन्द्र भण्डारीले छिमेकी समेत रहेका विद्यार्थी रुपेश धामीलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गरेपछि धामी गम्भिर घाईते भएका छन ।

बेदकोट नगरपालिका २ जडेपानी स्थित बैजनाथ मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश धामी गम्भिर घाईते भएका हुन । शिक्षक भण्डारीले विद्यार्थी धामीलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गर्दा बिस्पोटक पदार्थ पटकिएर धामी गम्भिर घाईते भएको घर परिवारले जनाएका छन ।

घाईते बालकका बाजे ध्वज ठकुल्लाले शिक्षक भण्डारीले घरमा आँपखेती गरेको र उक्त आँपखेतीमा आउने जनावर चराचुरुङगी धपाउन बिस्पोटक पदार्थ प्रयोग गर्दै आएको बताए । ‘शिक्षक हरेन्द्र भण्डारीले मेरो नाती रुपेशलाई बिस्पोटक पदार्थ बनाउन प्रयोग गर्दा एक्कासी पटकीयर घाईते भएका छन, ‘उनले भने, ‘घाईते बालककोे दाँया हात पुरै छैन, बाँया हात सहितका शरिरमा गम्भिर चोट लागेको छ ।’

घाईते बालकको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार हुन नसकेपछि भारतको गायत्री अस्पतालमा उपचार भईरहेको छ । घाईतेका घर परिवार आफन्तले यसरी शिक्षकले बालकलाई काममा लगाउनेदेखि गैर कानुनी बिस्पोटक पदार्थ जस्ता काममा लगाउनेमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन ।

घाईते बालककी आमा केसुदेवी धामीले छोराको प्राण नै जाने गरेर भएको घटनाले विछिप्त बनाएको बताउँदै उपचार दोषिमाथि कार्बाहीको माग अघि सारेका छन । यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले घटनाका विषयमा छानबिन भईरहेको बताए ।

प्रवक्ता जोशीले शिक्षकलाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भईरहेको बताए ।
शिक्षकले किन कहाँबाट केकति प्रंयोजनका लागि घरमा बिस्पोटक पदार्थ ल्याएको बारे अनुसन्धान भईरहेको बताए ।

यसरी शिक्षकले विद्यार्थीलाई घरेलु कामदेखि बिस्पोटक पदार्थका गतिबिधीमा संलग्न गराएर नैतिक, पेशागत र गैर कानुनी काम गराएको भन्दै चौतर्फि आलोचना गरिएको छ । बेदकोट नगरपालिका शिक्षा शाखा प्रमुख मञ्जु थापाले कुनैपनि शिक्षकले विद्यार्थीलाई घरेलु कामदेखि अनुचित काममा लगाउन नपाईने बताईन ।

यस बारेमा थप शिक्षक भण्डारीलाई बुझ्न खोज्दा उनी प्रहरी हिरासतमा रहेकाले प्रतिकृया लिन सकिएन । घटनाको शिक्षक, विद्यार्थीले भत्र्सना जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>