Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ २९ गते मङ्गलबार

कुतियाकवरमा जैविक तटबन्ध निमार्ण कार्यमा एनएनएसडब्लुएले सघाउने

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्तीलाई जोगाउन जैविक तटबन्ध निमार्ण कार्य सुरु गरिएको छ् । महाकाली र जगबुढा नदीले वर्षायाममा कटानी तथा डुवान गर्ने भएको हुदा कञ्चनपुरको सीमावर्ती बस्ती कुतियाकवरको महाकाली र जगबुडा नदीमा जैविक तटबन्ध निर्माण सुरु गरिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले बिनियोजन गरेको रकम रु. ३ लाखले निमार्ण कार्य अघि बढाईएको हो । उपभोक्ता समिति गठन गरि जैविक तटबन्ध निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले बताउनुभएको छ् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको कुतियाकवर बस्ती बाढीको अत्यन्तै जोखिममा रहेको टेक बहादुर सुनारले बताउनु भएको छ् । महाकाली नदीले धार परिवर्तन गरि बस्तीमा सोझिएको उहाँले बताउनुभएको छ् । कुतियावकर बस्ती क्षेत्रमा विपद्को उच्च जोखिम रहेको स्थानमा जैविक तटबन्ध निर्माण शुरु गरिएको बताईएको छ् । बस्तीमा कटानी तथा डुवान हुने सम्भावित स्थानमा जैविक तटबन्धका लागि डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले समेत निमार्ण कार्यमा सघाउने तयारी भईरहेको स्थानियबासी ऐन बहादुर सुनारले बताउनुभएको छ् । यस वर्ष वर्षा बढी भएको खबरले स्थानियहरुमा त्रास बढेर आएको उहाँले बताउनुभएको छ् । महाकाली नदीको बेगलाई थेग्न जैविक तटबन्ध निमार्ण कार्य प्रयाप्त नभएको उहाँको भनाई रहेको छ् । महाकाली नदी र जगबुडा नदीको निशानामा रहेको कुतियावकर बस्ती तटबन्ध नभएका कारण बर्सेनि दर्जनौ स्थानियहरु ज्यान जोगाउदै सडक र सुरक्षित स्थलमा बस्ने गर्दैै आएका छन् । महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु रहेका छन् । कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ् । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले कुतियावकर बस्तीलाई बाढीबाट जोगाउन पुर्वतयारी प्रतिकार्यको लागी थुप्रै कार्य हुदै आएको बताउनुभएको छ् । गत वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरको सहयोगमा जैविक तटबन्धले केही जग्गाहरु नदीको कटानीबाट बचाउन सफल भएको उहाँले बताउनुभएको छ् । पक्की तटबन्ध निमार्ण नभएको अवस्थामा जैविक तटबन्ध निमार्णले केही हद सम्म भुक्षय रोक्न सहयोग हुने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । ‘जैविक तटबन्ध निमार्ण कार्यमा हामी सहयोगको लागी तयार छौ’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । वर्षायाममा हरेक वर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ् । दातृ निकाय नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुर र दोधारा चाादनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण कार्य अन्तिम चरणमा छ् भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोट लगाएत उद्धार सामग्री समेत उपलब्ध गराईएको छ् । यस्तै डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र दोधारा चाँदनी नगरपालिकाले विपद् पुर्व तयारी प्रतिकार्यका लागी महाकाली नदीमा पानीको सतह मापन यन्त्र, ओंमकार आधारभुत बिद्यालयमा स्मार्ट सायरन लगाएत यन्त्रहरु जडान गरेको छ् । बाढी आउदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानिय प्रशासन, गैरसरकारी संस्था सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन खासै पहल नभएको स्थानियहरुको गुनासो रहदै आएको छ् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>