Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८१ जेठ ३० गते बुधबार

विद्यालय स्तरीय यू-१५ खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई बरुण दत्त रानाले दिलाए पहिलो स्वर्ण

विद्यालय स्तरीय यू-१५ खेलकुद प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशलाई बरुण दत्त रानाले पहिलो स्वर्ण पदक दिलाएका छन्।

गण्डकी प्रदेशको पोखरा स्थित रंगशालामा ' स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मुल नाराका साथ राष्ट्रिय खेलकुद परिषद (राखेपा) को समन्वयमा गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा विद्यालय स्तरीय यू-१५ खेलकुद प्रतियोगिता २०८१ मा सुदूरपश्चिम प्रदेशलाई एथलेटिक्स तर्फ बरुण रानाले पहिलो स्वर्ण पदक दिलाउन सफल भएका हुन।

बुधबार भएको ४०० मिटर दौड तर्फ स्वर्ण पदक दिलाए। छन् । उनले ५३.६५ मिलिसेकेन्ड पार गरेका हुन। सुदूरपश्चिम प्रदेशको लागि पहिलो स्वर्ण एथलेटिक्स तर्फ बरुण दत्त रानाले दिलाए उनले यो संगै सुदूरपश्चिम प्रदेशलाई दुई पदक दिलाएका छन्।

उक्त दिन एथलेटिक्स विधाको फिल्ड तर्फ लमजम्पमा रजत पदक  हासिल गरेका छन् । ६ मिटर ७ सेन्टीमिटर दुरि पार गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उनले भने, ' सुदूरपश्चिम प्रदेश लाई दुई वटा पदक दिलाउन पाउदा खुसी छु, तर लमजम्पमा पनि स्वर्ण पदक दिलाउने थिए एकासी दौड सकिए पछि लमजम्प गराउदा दबाब पर्यो त्यसले गर्दा स्वर्ण पदक दिलाउन सकिएन, आगामी दिनमा अझै मेहनत गर्दै प्रदेशको नाम उच्च राख्ने छु।' रानाले उत्साहितका साथ बताए।

कञ्चनपुर जिल्ला अन्तर्गत रहेको स्थानीय तह शुक्लाफाँटा नगरपालिका वडा न.१२ कालागौडी घर भएका रानाले उत्कृष्ट प्रदर्शन गर्दै एउटा उत्कृष्ट खेलाडीको लयमा रहेका छन्। उनी श्री सिद्ध बैजनाथ माध्यमिक विद्यालय बन्साहा अध्ययनरत छात्र हुन।

एथलेटिक्स, बास्केटबल,बुद्धिचाल,टेबलटेनिस,रग्बी र ब्याडमिन्टन खेलहरु समावेश गरि जेष्ठ ३० देखि ३१ गते सम्म प्रतियोगिता सञ्चालन हुनेछन्। उक्त प्रतियोगितामा सात प्रदेशको सहभागीता रहेको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>