Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ जेठ ३१ गते बिहिबार

विध्यार्थिलाई बम बनाउन लगाएकाे घट्नाकाे छानविन गर्न क्रान्तिकारिकाे माग

अखिल क्रान्तिकारी(बैद्य समुह)ले कञ्चनपुरको बेदकोट नगरपालिका २ बसन्थलामा शिक्षकले विद्यार्थीलाई बम बनाउन प्रयोग गरेको घटनाको छानबिनको माग अघि सारेको छ । 

बैद्य समुहको अखिल क्रान्तिकारीले बेदकोट नगरपालिका २ बसन्थलामा कैलालीका शिक्षक हरेन्द्र भण्डारिले विद्यर्थी रुपेश धामीलाई बम बनाउन प्रयोग गरेको घटनाको छानबिनको माग अघि सारेको हो । 

बैजनाथ मावि जडेपानी कक्षा १०मा अध्ययनरत विद्यार्थी रुपेशको बिस्पोटक पदार्थ पटकीय गम्भिर घाईते भएकोले उपचारका ध्यान दिन आब्हान गरेको छ । 

शिक्षक भण्डारीले आँपखेतीमा आउने जनावर चराचुरुङ्गी धपाउन बिस्पोटक पदार्थ बनाउन नाबालक विद्यार्थी रुपेशलाई प्रयोग गरेर एकातिर बाल अधिकार अर्कातिर गैर कानुनी काममा लगाएको जनाएको छ । 

विद्यार्थीमाथि यत्रो घटना हुँदा समेत बेदकोट नगरपालिका शिक्षा शाखा सहितका निकाय गम्भिर नहुन दुखत विषय भएको क्रान्तिकारीको ठहर छ ।

शिक्षक भण्डारीले विद्यार्थी धामीलाई बम बनाउन बिस्पोटक पदार्थ बनाउने क्रममा घाईते भएका विद्यार्थीको भारतको गायत्री अस्पतालमा उपचार भईरहेको छ ।

घाईतेको उपचार मात्रै नभई भविष्य नै बनाउने तर्फ सम्बन्धीत निकाय जिम्मेबार बन्नुपर्नेमा जोडदिएका छन । क्रान्तिकारीले घटनाको छानबिन गरेर दोषिमाथि कार्बाही उपचार गरेर बालकको ज्यान जोगाउनुको साटो शिक्षकको उक्त कर्तुत लुकाउन उद्यत भएको समेत आरोप लगाएको छ ।

अखिल क्रान्तिकारीका कञ्चनपुरका संयोजक बिरेन्द्र नाथद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएको छ ।

विद्यार्थीलाई पढाउने शिक्षकले बम बनाउन प्रयोग गरेको यो घटनाको चौतर्फि आलोचना एव भत्र्सना भईरहेको छ । दुवै हात क्षतिविच्छेत भएपछि धामीको घर परिवारमा रुपेशको भविष्यलाई लिएर चिन्ता प्रकट गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>