Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ जेठ ३२ गते शुक्रबार

दोधारा चाँदनीबाट बेपत्ता भएका दुई बालकको भारतको बरेलीबाट उद्धार

कञ्चनपुरको दोधारा चाँदनीबाट बेपत्ता भएका दुई वालकको भारतबाट उद्धार गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाबाट ७ वर्ष र अर्का १४ वर्षका दुई बालकलाई सहयात्री नेपाल नामक गैरसरकारी संस्थाले भारतको उत्तर प्रदेश बरेलीबाट सकुशल उद्धार गरि आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको रोहवरमा घरपरिवारको जिम्मा बुझाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् । उनिहरु दुबै गएको जेष्ठ ८ गते बिद्यालयबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् । उत्तर प्रदेश बरेली बजार क्षेत्रमा अत्यन्तै जोखिममा रहेको अवस्थामा भारतिय प्रहरीले फेला पारेपछि राजकिय बालगृह बरेलीलाई जिम्मा लगाएको थियो । राजकिय बालगृह बरेली र सहयात्री नेपालको सहयोग र सहकार्यमा बालकलाई उद्धार परि घरपरिवारलाई जिम्मा लगाईएको सहयात्री नेपाल नेपालगञ्जका सह–सचिव देवा बहादुर क्षेत्रीले जानकारी दिनुभएका छ् । उहाँका अनुसार दोधारा चाँदनी नगरपालिकाका एक अर्का बालकको बरेलीबाट उद्धार गर्न अझै बाँकी रहेको बताउनुभएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>