Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ ३२ गते शुक्रबार

स्वास्थ्य सम्बन्धि काम गर्न कृष्णपुर २ का स्वयंसेविका लाई साईकल प्रदान

कृष्णपुर नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ ।
 
कृष्णपुर नगरपालिका २ नम्बर वडा कार्यालयले स्वास्थ्य सेवामा सहज पहुँच बढाउन शुक्रवार वडाभित्रका सात जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साइकल वितरण गरेको हो ।
 
चालु आर्थिक वर्ष २०८०/०८१ मा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको वडाध्यक्ष अर्जुन साउँदले बताए ।
 
महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको र थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्धेश्यले साइकल वितरण गरिएको वडाध्यक्ष साउँदले बताए ।
 
“महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य सम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरेका हौँ,”वडाध्यक्ष साउँदले भने,“स्वास्थ्य क्षेत्रमा थप सहजता हुने विश्वास लिएका छौँ ।” स्वास्थ्य क्षेत्रको विकास र सुधारमा वडा कार्यालय लागिपरेको उनले बताए ।
 
स्वास्थ्य क्षेत्रका आधारस्तम्भ महिला स्वास्थ्य स्वयंसेविका भएको वडाध्यक्ष साउँदले बताए । मातृशिशु मृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन प्रमुख भूमिका महिला स्वास्थ्य स्वयंसेविकाको नै रहेको उनले बताए ।
 
वडा कार्यालयले साइकल उपलब्ध गराएपछि महिला स्वास्थ्य स्वयंसेविका हर्षित भएका छन् । महिला स्वास्थ्य स्वयंसेविका चन्द्रा चौधरीले साइकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफुहरुलाई सजिलो हुने बताइन् ।
 
वडा कार्यालयले विकास निर्माण संगै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>