जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा जितको निकै नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो ।
दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो ।
अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भए र नेपालले पीडादायी हार व्यहोर्नु पर्यो ।
पराजित भएसँगै नेपालको सुपर-८ सम्भावना सकिएको छ । नेपाललाई अन्तिम आठमा स्थान बनाउन दक्षिण अफ्रिका विरुद्धको आजको खेल जित्नैपर्ने दबाब थियो। दक्षिण अफ्रिका भने समूह ‘डी’बाट सुपर आठमा पुगिसकेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया