Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ०१ गते शनिबार

लालझाडिमा बिकास निर्माण दुरुस्त गर्न अनुगमन सुरु

खडक ब. काेली-
 कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा रहेको एक गाउँपालिकाले छड्के अनुगमनको कार्यक्रम सञ्चालन गरेको छ। लालझाडी गाउँपालिकाले अषाढ मसान्तसम्म सम्पन्न गरिसक्नुपर्ने सडक लगायतका कामहरु पुरा हुन सक्ने अवस्थामा छन् छैनन् भनेर अनुगमन गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले बताएका छन् ।
 उहाँका अनुसार  ३ वर्षदेखि पूरा हुन नसकेका सडक निर्माणका कामहरू ठेकेदारहरूको लापरबाहीले पुरा हुन नसकेकाले यस आर्थिक वर्ष १५ र २० गतेभित्र पूरा गरिसक्नुपर्ने  निर्देशन  दिएकाे बताए  । आर्थिक बर्षकाे अषाढ १५ र २० गते भित्रै पुरा हुने संकेत समेत देखिसकेको अधिकृत सार्किले बताए। छडके अनुगमनको क्रममा विद्यालय ,वडा कार्यालय ,स्वास्थ्य कार्यालय र सहकारी संस्थाहरूमा समेत अनुगमन  गरिएको लालझाडी गाउँ पालिकाका अध्यक्ष निर्मल रानाले बताए । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न, वडा कार्यालयले नियमित दिने सेवा सञ्चालन सुधारका लागि, सहकारी संस्थाहरू सञ्चालनमा छन् छैनन् भनेर अनुगमन गरिएको अध्यक्ष रानाले बताए अनुगमनको क्रममा विद्यालयका केही शिक्षक विद्यालय समयमा नआएको, भौतिक संरचनाहरूको कमी रहेकाे, बढी शिक्षक र विद्यार्थी कम रहेकाे विद्यालयहरू रहेको बताए १६ वटा सामुदायिक विद्यालयहरू रहेको लालझाडी गाउँपालिकामा भौतिक संरचना कम र शिक्षक कम रहेको विद्यालयमा लालझाडी गाउँपालिकाले  सहयोग गर्ने अध्यक्ष रानाले बताए। केही विद्यालयहरू मर्ज गर्नुपर्ने, दरबन्दी मिलान लगायतको समस्या रहेकाे समेत रानाकाे भनाई रहेकाे छ। शिक्षा नियमावली अनुसार १ कक्षामा ५० विद्यार्थी हुनुपर्ने व्यवस्था भएपनि कुनै विद्यालयमा २०,२२ विद्यार्थीहरु मात्र भेटिएको पाईएकाे छ । ४ वटा विद्यालय, नवरङ्गी महिला विकास कृषि सहकारी, मन्जरी कृषि सहकारी संस्था, १ नम्बर वडा कार्यालय , सडक, नदीजन्य पदार्थको उत्खलनमा छडके अनुगमन गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले बताए। अनुगमन निरन्तर रूपमा चलिरहने छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>