Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०१ गते शनिबार

कञ्चनपुरमा पहिलो पटक गौरव यात्रा भोलि भब्यरुपमा मनाउने तयारी

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पहिलो पटक र्‍याली निकालेर भब्यताका साथ प्राइड परेड मन्थ 'गौरव यात्रा ' साथ फिल्यास मोब कार्यक्रमको तयारी
 सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ भोलि मनाउने तयारी रहेको छ।
यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका छन् । 
निलहिरा समाज काठमाडौको सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा पहिलोपटक गौरव यात्रा मनाउने तयारी भैरहेको यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरकी संस्थापक अध्यक्ष अरुणा सुवेदीले बताउनु भयो।

उनका अनुसार ,पछिल्लो समय मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि पहिलोपटक कञ्चनपुरको महेन्द्रनगरमा गौरव यात्रा उत्सव प्रभातफेरि र्‍याली निकालेर  फिल्यास मोब कार्यक्रमको समेत तयारी रहेको छ। उक्त र्‍याली भोलि असार २ गते अपरान्ह ४ बजे पुष्पलाल चोक देखि मदन चोक हुदै चम्मन चौराहाबाट फर्कि संविधान चोकमा आएर सम्पन्न हुने कार्यतालिका रहेको छ। नेपालका सातै प्रदेशका विभिन्न जिल्लामा गौरव यात्रा मनाएको छ। विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ ।

किन मनाइन्छ ‘प्राइड परेड’ गौरव यात्रा?

सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरु माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अंग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>