Samriddhipost
२०८१ असार १० गते सोमबार
गाेकुलेश्वर
२०८१ असार ०२ गते आइतबार

गाेकुलेश्वर क्याम्पस स्ववियुले उपकुलपतिलाई स्वागत गर्दै बुझाए महत्त्वपूर्ण माग ।

गाेकुलेश्वर बहुमुखि क्याम्पस दार्चुलाका स्ववियु सभापति नवीन बिष्ट समेत पदाधिकारिले शनिवार विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, प्रा. यज राज पाठक र सहायक प्रशाशक नवीन बहादुर बमलाई स्वागत गर्दै मागपत्र बुझाएका हुन ।
क्याम्पस अनुगमन गर्न उपकुलपति सहित गाेकुलेश्वर पुगेका बखत क्याम्पसकाे स्ववियुले स्वागत अभिनन्द गर्दै क्याम्पस र विद्यार्थी हकहितका मागहरु बुझाएको स्ववियु सभापति नवीन बिष्टले बताएका छन ।
बुदागत रुपमा यस्ता छन मागहरु 
१) विश्वविद्यालयको उद्देश्य अबको दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने मात्रै नभइ विद्याथीलाई उद्यमशिल बनाउनु पनि हुनुपर्ने ।
२) विश्वविध्यालयको सिनेट बैठकमा विद्यार्थीको प्रतिनिधित्व सम्बन्धमा विश्वविद्यालय ऐनमा उल्लेख गरिए अनुसार विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व अनिवार्य गराउनुपर्ने । स्वतन्व विद्यार्थी युनियनलाई क्याम्पस प्रमुखको नेतृत्वमा बनेका प्रशासनिक समितिहरुमा अनिवार्य सदस्य हुनेगरी हरेक गतिविधिमा सहभागी गराउनका लागि क्याम्पसलाई तकाल परिपत्र गर्नुपर्ने ।

२) परीक्षाको पेपर निर्माण विश्वविद्यालय भित्रै गर्ने, विद्यार्थीले परीक्षा विश्वविद्यालय भित्रै दिने, पेपर चेक पनि विश्वविद्यालयकै सरहरुले गर्ने तर परीक्षाको नतिजा अकी परिक्षा आउदासम्म पनि प्रकाशन नहुने समस्याको अन्त्य गरि समयमै नतिजा प्रकाशन गर्नुपर्ने ।

४) विश्वविद्यालय भित्रै कोर्ष निर्माण गर्ने तर कक्षा सुरु भएको महिनौ सम्म कोर्ष निर्माण गर्न नसक्नुको कारण के हो ? यसको छानबिन गरी यो समस्याको अन्त्य गर्नुपर्ने। कोर्ष निर्माण गरिसकेपछि सम्बन्धित वर्षयका प्राध्यापकहरुलाई पाठ्यपुस्तक निर्माणका निम्ति अग्रसरता गराउन पर्ने । प्राध्यापकहरुलाई पाठ्यपुस्तक निर्माणको वातावरण विश्वविद्यालयले निर्माण गर्नुपर्ने ।

५) लामो समयदेखि समायोजन प्रक्रिया पुरा नहुदा विभिन्न क्याम्पसका शिक्षकहरुको आफ्‌नै भविष्य के हुने भन्ने चिन्ता र चासो बढ्ने र मनोबल घट्‌ने भएको हुँदा त्यसको प्रत्यक्ष असर विद्यार्थीमा पर्ने भएकाले तत्काल समायोजन प्रक्रिया टुंगोमा पुर्याउनु पर्ने ।

६) विश्वविद्यालय स्थापनाको लामो समय हुँदासमेत सेमेष्टर प्रणालीको महत्व अझै पढाउने सरहरुले समेत बुझ्‌न नसकेकाले सरहरुलाई पनि शिक्षण तालिम प्रदान गर्नुपर्ने ।

७) प्रश्न पत्रकै कारण धेरै विद्यार्थी फेल हुने जटिल समस्या देखिएकाले त्रिभुवन विश्वविद्यालयले समेत सुरुगरिसकेको अभ्यास प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गर्नुपर्ने ।

८) विश्वविद्यालयमा कुनैपनि पदपूर्ति गर्दी दलीय भागबन्डा गर्ने चरम लापरवाही देखिएकाले यो असाध्यै लाजमर्दी प्रवृत्तिको अन्त्य गरी खुला प्रतिस्पर्धा बाट पदपूर्ति गरिनुपर्ने ।

९) विद्याधीहरुले आफ्‌नो शुल्क तिर्दा, परिक्षा फारम बुझाउदा र क्याम्पसमा अन्य प्रशासनिक कार्यहरु गर्दा अनलाईन माध्यम बाट पनि गर्न मिल्ने गरि व्यवस्था मिलाउनु पर्ने ।

१०) पुस्तकालय, छात्राबास, खानेपानी, प्रविधिमैत्री भवन लगायतका गोकुलेश्वर बहुमुखी क्याम्पसका तमाम समस्या समाधानका लागि बजेट विनियोजन  गर्नुपर्ने ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>