Samriddhipost
२०८१ असार १२ गते बुधबार
महेन्द्रनगर
२०८१ असार ०२ गते आइतबार

कञ्चनपुरमा पहिलो पटक गौरव यात्रा भब्यरुपमा मनायो

यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पहिलो पटक र्‍याली निकालेर भब्यताका साथ प्राइड परेड मन्थ 'गौरव यात्रा ' भब्यरुपमा मनाएको छ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा यौनिक तथा लैङ्गिक अलपसङ्ख्यक समुदायले पहिलोपटक प्राइड परेड मन्थ (गौरव यात्रा) भब्यताका साथ मनाएको हो।

यौनिक तथा लैङ्गकि अल्पसंख्यक (एलजीबीटिआईक्यू ए प्लस ) समुदायले अंग्रेजी वर्षको हरेक जुन महिनामा गौरवको महिना मध्यनजर गरि जुन महिना लाई गौरवको महिनाको रुपमा मनाउँदै आएका यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका अगुवा अर्थात अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष राजु लामाले बताएका छन् । उनले भने, कञ्चनपुरमा पहिलो पटक प्राइड परेड मन्थ (गौरव यात्रा) मनाउदाको खुसी छुट्टै रहेको छ। जसमा संविधानमा उल्लेख्य गरिएका हक अधिकारको सुनिश्चितताका लागि हाम्रो समुदायलाई सहज हुने छ। उनले भने।

निलहिरा समाज काठमाडौको सहयोगमा सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा पहिलोपटक गौरव यात्रा मनाएका छौँ, यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदाय अधिकारकर्मी एवम् सहयात्रा नेपाल कञ्चनपुरकी संस्थापक अध्यक्ष अरुणा सुवेदीले बताउनु भयो। उनले भन्नू भयो, आज हामिले यसरी जनप्रतिनिधि ,विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि र समुदायका साथिहरु एक ठाउँमा रहेर कार्यक्रम गर्दा निकै खुसी भएका छौँ। यसले आफ्ना अधिकार प्राप्तिका लागि समेत टेवा पुग्ने छ। 

पछिल्लो समय मा यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायका व्यक्तिहरु आफ्नो हक अधिकारका लागि राज्य सामु आई खुल्न थालेपछि पहिलोपटक कञ्चनपुरको महेन्द्रनगरमा गौरव यात्रा उत्सव प्रभातफेरि र्‍याली निकालेर  फिल्यास मोब कार्यक्रमको आयोजना गरेर मनाएका छौँ सहयात्रा नेपाल कञ्चनपुरका कार्यक्रम संयोजक चाल्स बोन सिजापतीले बतानु भयो। स्थानीय भीमदत्त नगरपालिका जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगायत यौनिक तथा लैङ्गकि अल्पसंख्यक समुदायको उपस्थितिमा असार २ गते आइतबार र्‍याली अपरान्हको समयमा पुष्पलाल चोक देखि मदन चोक हुदै चम्मन चौराहाबाट फर्कि संविधान चोकमा आएर सम्पन्न भएको हो। नेपालका सातै प्रदेशका विभिन्न जिल्लामा गौरव यात्रा मनाएको छ। विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरव यात्रा मनाउने गरिन्छ । 

किन मनाइन्छ ‘प्राइड परेड’ गौरव यात्रा?

सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थालिएको हो। उक्त वर्ष जुन २८ मा यौनिक तथा लैंगिक अल्पसंख्यक माथि प्रहरीले छापाका नाममा आक्रमण गरी उनीहरु माथि अत्याचार गरिएपछि त्यसको प्रतिकार स्वरूप विभिन्न प्रदर्शन भएको थियो। यही प्राइड परेडका सम्झनामा विश्वभर अंग्रेजी वर्षको जुन महिनामा ‘प्राइड परेड’का नाममा विभिन्न कार्यक्रमहरू गरि मनाइने गरिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>