Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०३ गते सोमबार

लियाे जिल्ला परिषद ३२५ एन काे अध्यक्षमा गिरि सर्व सम्मत

विश्वकै सबैभन्दा ठुलो सामाजिक संस्था लायन्स क्लव इन्टरनेशनल अन्तर्गत लियो जिल्ला परिषद् ३२५ ‘एन’ नेपालको जिल्ला अध्यक्षमा कञ्चनपुरका मदन गिरी सर्वसम्वत चयन भएका छन् । शनिवार कोहलपुरमा सम्पन्न एक कार्यक्रमका बिच अध्यक्षमा गिरीलाई चयन गरिएको हो । सुदूरपश्चिम प्रदेशबाट लियो जिल्ला परिषद् ३२५ ‘एन’ को अध्यक्ष हुने गिरी पहिलो व्यक्ति बनेका छन् । यस अघि लियो जिल्ला परिषद्को नेतृत्व सुदूरपश्चिमले पाएको थिएन ।

गिरीले लियो जिल्ला परिषद् ३२५ ‘एन’ को जिल्ला सचिव, जिल्ला उपाध्यक्ष रहेर समेत काम गरिसकेका छन् । परिषदले युवाहरुको क्षमता विकाससँगै पछिल्लो समय युवाहरु लागुऔषध दुव्र्यसनमा फस्दै गएको कुरालाई मध्यनजर गर्दै युवाहरुमा सचेतनाका कार्यक्रम, युवाहरुलाई समाजसेवामा जोड्ने लगाएतका कार्यक्रम गर्ने अध्यक्ष गिरीले बताए । यस्तै उनले लियो जिल्ला परिषद्मा देखिएका समस्या समाधान गर्दै यसलाई उत्कृष्ट जिल्ला बनाउने गरी काम गर्ने बताए ।

यस्तै लियो जिल्ला परिषद् ३२५‘एन’ को जिल्ला उपाध्यक्षमा नेपालगञ्ज बाँकेका प्रकाश कुवँर चयन भएका छन् । कुवँरले यसअघि जिल्ला कोषाध्यक्ष रहेर समेत काम गरिसकेका छन् । विधान अनुसार जिल्ला परिषद्को सचिव, कोषाध्यक्ष लगाएतका पदमा मनोनित जिल्ला अध्यक्षले गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>