Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार ०३ गते सोमबार

पर्यटन प्रवर्घनका लागी महाकाली झोलुङ्गे पुल क्षेत्रमा कालो पत्रे निमार्ण, स्थानियहरु खुशी

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली झोलुङ्गे पुलको सोन्दर्यता बढाउन पुल नजिक क्षेत्रमा पक्की सडक निमार्ण कार्य अघि बढाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अनुसार महाकाली झोलुङ्गे पुलमा पर्यटक आकर्षण बढाउन दोधारा चाँदनी नगरपालिका– ४ महकाली झोलुङ्गे पुल क्षेत्र नजिक पक्की सडक निमार्ण कार्य संचालन गरेको छ् । एसियाकै दोस्रा लामो मानिने कञ्चनपुरको महाकाली नदी माथिको ‘मल्टिस्पान पेडेस्ट्रेन’ झोलुंगे पुल पर्यटकको रोजाईमा पर्ने गरेको छ् । सोही बिषयलाई मध्यनजर राख्दै दोधारा चाँदनी नगरपालिकाले पुलको सोन्दर्यता बढाउन पक्की सडक निमार्ण कार्य सुरु गरेको छ् । पुल क्षेत्रमा कच्ची सडकको कारण पर्यटकहरुलाई वर्षाको समयमा हिडडुल गर्न तथा गर्मीको मौसममा धुलोले सास्ती खेप्दै आउनु परेको थियो । यस आर्थिक वर्षमा निमार्ण कार्य सकिने गरि दिमुक निमार्ण सेवाले पुलको १ सय १५ मिटर लम्वाई तथा ८ मिटर पक्की सडक निमार्ण जिम्मा लिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्राबिधिक अशोक चन्दले जानकारी दिनुभएको छ् । उहाँका अनुसार दोधारा चाँदनी नगरपालिका कार्यालयको अन्तरिक राजस्व रकमबाट महाकाली झोलुङ्गे पुलको सोन्दर्य बढाउनको लागी पक्की सडक निमार्ण गरिएको हो । आन्तरिक र बाह्य पर्यटक पुल नियाल्नका लागि यहाँ सम्म आईपुग्ने गरेता पनि कच्ची सडकको कारण पर्यटकहरुलाई सास्ती खेप्नु पर्ने अवस्था रहेको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् । पर्यटकहरुको आकर्षण संगै बजार क्षेत्रको सोन्दर्यता बढाउन दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झेलुङ्गे पुल क्षेत्रमा सडक पक्की निमार्ण गर्न थालिएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य पदमराज भट्टले बताउनुभएको छ् । सडक नगरपालिकाको रु. ८ लाखमा निमार्ण कार्य सुरु गरिएको छ् । पुल नजिक क्षेत्रमा कालो पत्रे निमार्ण हुन थालेपछि स्थानियहरुले खुशी ब्यक्त गरेका छन् । सूर्यास्त र सूर्योदयको समयको मनोरम दृश्य हेर्नका लागि पर्यटक पुल क्षेत्रमा पुग्ने गर्दछन् । पुल संग महाकाली नदीमा सेल्फी लिने र सामुहिक तस्वीर लिनेको भीड नै लागेको हुन्छ् । दैनिक पुल हेर्नकै लागि झण्डै २ सय देखि चार सयको संख्यामा आन्तरिक पर्यटक यस क्षेत्रमा पुग्ने गरेको स्थानियहरुले बताएका छन् । विसं २०६१ सालमा पुल निर्माणको कार्य गरिएको हो । पुलको लम्बाई १ हजार ४ सय ५२ मिटररहेको छ् । पुल ३२.७ मिटर उचाईका सात वटा अग्ला टावरमा ठड्याइएको छ् ।  

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>