कञ्चनपुरको भीमदत्त नगरपालिका एक जनप्रतिनिधी प्रहरी नियन्त्रणमा छन । भीमदत्त नगरपालिका ६का वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका हुन ।
काँग्रेसबाट निर्वाचित महिला सदस्य शारदा विक जिल्ला प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरका जनप्रतिनिधी समेत रहेका ऐठपुर निवासी विकले बुहारीको मुखमा तातो तेल खन्याएपछि बुहारी घाईते भएपछि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ ।
विकमाथि एसिड प्रकृतिको मुद्दा चलाएको छ । यसरी भीमदत्त नगरका जनप्रतिनिधी घरकै सदस्यमाथि तातो तेख मुखमा खन्याउने गैर कानुनी अमानविय काममा संलग्न भएपछि नगरबासी चिन्तित भएका छन ।
आफ्नै घरका सदस्यमाथि अमानविय व्यवहार मात्रै नभई गैर कानुनी अपराध गर्ने जनप्रतिनिधीले के जनतामाथि कस्तो व्यवहार गर्लान भनेर मत दिएका वडाबासी पछुताईरहेका छन । भीमदत्त नगरका स्थानीयहरुले जनप्रतिनिधी देख्यो कि त्रसित हुनुपर्ने अवस्था सृजना भएको भन्दै चिन्ता व्यक्त गरेका छन।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया