Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार ०५ गते बुधबार

नेपाली क्रिकेट कप्तान माथी हात लगाउने बङ्लादेशी खेलाडी लाई भयाे कार्वाहि ।

टी-२० विश्वकप अन्तरगत नेपाल र बंगलादेश विरूद्धकाे म्याचमा गलत व्यवहार गरेकाे विषयलाई लिएर बंगलादेशी एक बलर दण्डित भएका छन् । खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर तान्जिम हसन सकिबलाई आचारसंहिता ताेडेकाे आराेपमा आइसीसीले कारवाही गरेकाे हाे ।
 
नेपालकाे इनिङको तेस्रो ओभरमा तान्जिमले नेपाली कप्तान राेहित पाैडेलसँग नाेकझाेक गरेका थिए । उनले राेहितकाे शरीरमा हात लगाएकाेसमेत पाइएपछि कारवाही भाेगेका हुन् ।
तान्जिमलाई म्याच फीकाे १५ प्रतिशत जरिवाना गरिएको छ । आइसीसीकाे खेलाडी आचारसंहिताकाे धारा २.१२ अनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई शरीरमा छुन पाउँदैन । अन फिल्ड अम्पायर असन राजा र साम नाेगाज्स्कीकाे सिफारिसमा थर्ड अम्पायर जयरमन मदनगाेपाल र फाेर्थ अम्पायर कुमार धर्मसेनासमेत सहमत भएपछि कारवाही भएकाे हाे ।
तान्जिमले आफ्नाे गल्ति स्वीकार गरिसकेका छन् । उनले आफूलाई गरिएकाे सजाय पनि स्वीकारेकाले औपचारिक सुनवाइ गर्नु नपरेको आइसीसीले जनाएको छ ।
खेलपछिकाे प्रेसमिटमा नेपाली कप्तान पाैडेललाई याे घटनाकाे विषयमा पत्रकारले साेधेका थिए । पाैडेलका अनुसार तान्जिमले उनलाई आँखा तरेर ‘हिट मी’ भन्दै उक्साउन खाेजेका थिए । त्यसपछि आफूले पनि ‘बल मी’ भनेर जवाफ दिएकाे उनकाे भनाइ छ । राेहितले तान्जिमकाे बलिङकाे तारिफसमेत गरेका थिए ।
‘उहाँले राम्राे ठाउँमा बल फ्याँक्नुभयाे र हामीलाई कठीन प्रश्नहरू साेध्नुभयाे’ राेहितले भनेका थिए ।
दुई खेलाडीबीचकाे नाेकझाेक टेलिभिजन लाइभमा पनि देखिएकाे थियाे । तान्जिमले हातै हालेर राेहितलाई धकेल्न खाेजेकाे देखिएकाे थियाे ।
त्यसलगत्तै तान्जिमकाे बलमा आक्रामक सट खेल्न खाेज्दा राेहित आउट भए । खेलमा तान्जिमले चार ओेभरमा ७ रन मात्र खर्चेर ४ विकेट लिएपछि नेपालकाे बलिङ धराशयी बनेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>