Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार ०६ गते बिहिबार

दोधारा चाँदनीमा विपद्को पुर्व तयारी प्रतिकार्यको लागी वर्षा मापन यन्त्र प्रविधी प्रशिक्षण

बर्खामा पानीका कारण हुने विपद् व्यवस्थापनका लागि दोधारा चाँदनी नगरपालिकामा वर्षा मापन गर्न युवाहरुको टोली तयार गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को आर्थिक सहयोग र दोधारा चाँदनी नगरपालिका कार्यालयको सहकार्यमा बर्खायाममा पानीका कारण हुने विपद् व्यवस्थापनका लागि दोधारा चाँदनी नगरपालिकामा वर्षा मापन गर्न युवाहरुहरुलाई प्रशिक्षण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सु्द्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिनुभएको छ् । प्रत्येक वडामा बसोबास गर्ने १/१ जना युवा तथा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुलाई समेटेर प्रशिक्षण गरिएको उहाँले बताउनुभएको छ् ।

स्थानिय स्तरमा निमार्ण गरिएको वर्षा मापन यन्त्रले खेतवारी तथा घरहरुमा कति पानी परे कतिको प्रभाव पार्छ भन्ने जानकारी गराउने सु्द्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । कार्यक्रममा युवालाई विपद्का घटनाको सूचना र वर्षा मापनका लागि स्थानिय स्तरको प्रविधिमा प्रशिक्षण गराईएको हो । उक्त वर्षा मापन यन्त्रबाट गाँउको अवस्था, वर्षा मापन, जोखिम भएको क्षेत्रको तस्बिर सहितको सूचना नगरपालिकामा अपडेट गराउनु पर्नेछ् । प्लास्टिकको भाडालाई स्थानिय सिपको प्रयोग गरेर गेजका रुपमा विकास गरेर वर्षा मापन उपकरण युवाहरुलाई उपलब्ध गराईएको छ् । विपद्पूर्व तयारी र जलवायु परिवर्तनको संकेत बुझ्नका लागि स्थानिय स्तरमा उक्त वर्षा मापन यन्त्र ३ महिने परिक्षण काल रहेको बताईएको छ् । प्रतिदिन १ सय ९० मिलिलिटर मापन गर्ने क्षमता भएको उक्त बोतललाई खुला स्थानमा राखेर वर्षा मापन विधिबारे सिकाईएको छ् । यस्तै भिमदत्त नगरपालिकाको ९, १०, ११, १२ र १३ वडाहरुमा समेत युवाहरुको टोली तयार गरि प्रशिक्षण कार्यक्रम रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>