Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ०६ गते बिहिबार

भिमदत्तमा तीन दिने विपद ब्यावस्थापन तालीम

खडक बहादुर  काेली /कञ्चनपुर विपद व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। असार ३ गतेदेखि सुरु भएको तालिम ५ गते सकिएको हो। तालिमभीमदत्त नगरपालिका १४ नम्बर वडा कार्यालयले सञ्चालन गरेको वडा स्तरीय विपद व्यवस्थापन तालिममा १४ नम्बर वडा कार्यालयका जनप्रतिनिधिहरु, वडाका कर्मचारी, आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, प्रहरी र टोल विकास संस्थाका पदाधिकारी लगायत सरोकारवाला निकायहरूको सहभागिता रहेको १४ नम्बर वडाका वडा सचिव राज्यलक्ष्मी शाहले बताएकी छन्। तालीमामा सहभागीहरूले विपदको सामना कसरी गर्ने, जोखिम मूल्याङ्कन न्यूनीकरण र रोकथाम विपदपूर्व तयारी लगायतका विषयमा एक अर्काबीच आदानप्रदान गरिएको सचिव शाहले बताइन्। विपद व्यवस्थापन सम्बन्धी तालिमको समापनमा १४ वडाका का. बा.वडा   अध्यक्ष  मानबहादुर बिष्टको सभापतित्वमा  भएको कार्यक्रमको प्रमुख अतिथि भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिंह धामी थिए भने विशिष्ट अतिथि भिमदत्त नगरपालिकाका विपद व्यवस्थापन शाखाका प्रमुख मनोज प्रसाद भट्टको उपस्थिति रहेको थियो। विपदको बेलामा वडामा आइपरेका समस्याहरूको समाधान गर्नु पर्ने कार्यक्रमको उद्देश्य रहेको का. बा. अध्यक्ष मानबहादुर बिष्टले बताए

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>