नेकपा एकीकृत समाजवादीको १० औँ महाधिवेशनका लागि कञ्चनपुरबाट समेत महाधिवेशन प्रतिनिधी छनौट गरिएका छन । समाजवादीले महाधिवेशनका लागि कञ्चनपुरबाट समेत महाधिवेशन प्रतिनिधी छनौट भएका हुन ।
नेकपा एकीकृत समाजवादी जिल्ला सचिव हरक सिह धामीले तीनै निर्वाचन क्षेत्रबाट सर्वसम्मत महाधिवेशन उम्मेदवार छनौट गरिएको बताए । सचिव धामीका अनुसार निर्वाचन क्षेत्र १बाट जिल्ला अध्यक्ष जिवन थापा र तिलक भट्ट दुई जना छनौट गरिएका छन ।
निर्वाचन क्षेत्र २बाट माधव पन्त, गजेन्द्र राना, सृजना भण्डारी, हरिराम चौधरी, प्रजिते चदारो, नित्यानन्द जेठारा र निर्वाचन क्षेत्र ३बाट हरक सिह धामी, राजेन्द्र पाण्डेय, प्रताव तिरुवा, रुप बहादुर रावल, महेशराज जोशी, देबदत्त जोशी, रमेश पन्त, विष्ना पन्त(भट्ट), तारा बडू, विमला ओझा(भट्ट), मदन सिह सेराला र जय बहादुर नेगी रहेका छन ।
महाधिवेशका लागि कञ्चनपुरबाट केन्द्रीय समितिका पदाधिकारी, केन्द्रीय सदस्य एव सल्लाहकार स्वत महाधिवेशन प्रतिनिधी हुनेछन । ०७८ सालमा नेकपा एमालेबाटै बिद्रोह गरेर निर्माण भएको नेकपा एकीकृत समाजवादी पाटी निर्माण भएको थियो । १६ असारदेखि २० सम्म नेकपा एकीकृत समाजवादीको १०औँ महाधिवेशन काठमाण्डौँमा हुन लागेको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया