Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ०६ गते बिहिबार

दाेधारा चाँदनीमा नगर प्रहरी भर्ना गर्ने तयारि, छुट्याईयाे बजेट

दोधारा चाँदनी नगरपालिकाले नगर प्रहरी भर्नाको लागी बजेट स्विकृत गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको १२ औं नगर सभाले आर्थिक वर्ष २८१/८२ का लागी नगर प्रहरी भर्ना तथा व्यवस्थापनको लागी रु. ४० लाख रकम बिनियोजन गरेको हो । 
दोधारा चाँदनी नगरपालिकाको हिजो बसेको १२ औं नगर सभाले नगर प्रहरी भर्ना तथा व्यवस्थापनको लागी उक्त रकम बिनियोजन गरिएको जनप्रतिनिधीहरुले जनाएका छन् । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्ति,सुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेख देख तथा संरक्षणका लागि नगर प्रहरी भर्ना गर्न थालिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।
 आगामी आर्थिक वर्षमा नगर प्रहरी गठन सम्बन्धी ऐन तयार गरेर नगरले कार्यान्वयनमा ल्याउने भएको हो । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्ने समेत कोही छैन, कहिले काही अनावश्यक मान्छेले दु:ख दिन्छन्’ एक जनप्रतिनिधीले भने, ‘ठूला समस्या आउदा नेपाल प्रहरी छ् । स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ् ।’ नेपाल प्रहरीले नगर भित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए । सडकमा फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई हटाउन आफ्नै प्रहरी भएपछि सहज हुने नगर पालिकाले जनाएको छ् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>