Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०८१ असार ०७ गते शुक्रबार

सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिम तृतीय

सुदूरपश्चिम प्रदेश कबड्डी महिला टिमले सीता दाहाल महिला राष्ट्रिय कबड्डी प्रतियोगिता -२०८१ मा तृतीय स्थान हासिल गरेको छ।म‌ङ्गलबार देखि काठमाडौ लैनचौरस्थित टेबटेनिस कभर्ड हलमा आयोजना भएको प्रतियागितामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबले तृतीय स्थान हात पारेको हो।बिहिवार भएको सेमिफाइनलको पहिलो सुदूरपश्चिम प्रदेश र नेपाल आर्मी बिच भएको खेलमा २५-४४ अंकले सुदूरपश्चिम प्रदेश नेपाल आर्मी क्लब संग र नेपाल पुलिस क्लब र एपीएफ क्लब बिचको रोमाञ्चक दोस्रो सेमिफाइनल खेलमा पराजित हुन पुगेको थियो।प्रतियोगिताको फाइनल खेल भोलि शुक्रबार हुने छन। फाइनलमा नेपाल आर्मी क्लब र एपीएफ क्लब बिच रोमाञ्चक खेल हुने छ।प्रतियोगिताको विजेता टिमले नगद एक लाख सहित शिल्ड मेडल, प्रमाणपत्र र उपविजेता टिमले पचास हजार नगद सहित शिल्ड मेडल प्रमाणपत्र पाउने छन् । भने तुतिय दुई टिम नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशले। पच्चीस-पच्चीस हजार र शिल्ड मेडल प्रमाणपत्र पाउने छन्।आठ टिमको सहभागिता रहेका प्रतियागितालाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘क’ मा नेपाल प्रहरी, बागमती प्रदेश, नेपाल सना र मधेश प्रदेश तथा समूह ‘ख’ मा सशस्त्र प्रहरी, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रत्येक समूहमा शीर्ष दुई स्थानमा रहने टिमले सेमिफाइनलको यात्रा तय गरेको थियो। जसमा शिर्ष स्थानका दुई टिम फाइनल पुगेका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>