Samriddhipost
२०८१ असार १४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ०७ गते शुक्रबार

दोधारा चाँदनीबाट बेपत्ता भएका एक बालकको भारतको शाजापुरबाट उद्धार

कञ्चनपुरको दोधारा चाँदनीबाट बेपत्ता भएका एक वालकको भारतबाट सकुशल उद्धार गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका १३ वर्षिय एक वालकको भारतको शाजापुरबाट उद्धार गरि ईलाका प्रहरी कार्यालय र जनप्रतिनिधीको रोहवरमा आफन्तको जिम्मा लगाईएको सहयात्री नेपाल बाँकेका अध्यक्ष रितिक शाहीले जानकारी दिनुभएको छ् । उत्तर प्रदेश बरेली बजार क्षेत्रमा अत्यन्तै जोखिममा रहेको अवस्थामा भारतिय प्रहरीले फेला पारेपछि राजकिय बालगृह शाजापुरलाई जिम्मा लगाईएको थियो । राजकिय बालगृह शाजापुर र सहयात्री नेपालको सहयोग र सहकार्यमा बालकलाई उद्धार परि घरपरिवारलाई जिम्मा लगाईएको सहयात्री नेपाल बाँकेका अध्यक्ष रितिक शाहीले बताउनुभएको छ् । उहाँका अनुसार यस अघि दोधारा चाँदनी नगरपालिकाकै ७ वर्ष र अर्का १४ वर्षका दुई बालकलाई संस्थाले उद्धार गरिएको हो । उद्धार गर्न बाँकी रहेका १३ वर्षिय बालकलाई सकुशल उद्धार गरि आज ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरी, दोधारा चाँदनी नगरपालिकाका नगरउपप्रमुख गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका कार्यालय महिला तथा वालवालिका शाखाका शाखा प्रमुख डम्मरा पन्त लेखकको रोहवरमा घरपरिवारको जिम्मा लगाईएको हो । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख गंगा देबी जोशीले सहयात्री नेपालको गरेको कार्यको प्रशंसा गर्नुभएको छ् । उहाँले सहयात्री नेपालले प्रशंसनिय कार्य गरेको भन्दै सहयात्री नेपाललाई नगरपालिकाको तर्फ समेत धन्यबाद दिनुभएको छ् । उनिहरु तिनी जना गएको जेष्ठ ८ गते दोधारा चाँदनीको एक बिद्यालयबाट बेपत्ता भएको हुन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>