Samriddhipost
२०८१ असोज १२ गते शनिबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार ०९ गते आइतबार

बल्ल निमार्ण अघि बढ्ने भयो दोधारा चाँदनीको अलपत्र ‘दराती रोड’

दोधारा चाँदनीको अलपत्र ‘दराती रोड’ निमार्णको लागी रकम बिनियोजन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ को वडा सदस्य संदिप उपाध्यायको घर देखि पुर्णागिरी आधारभुत बिद्यालय हुदै महाकाली नदी जाने झण्डै डेढ किलोमिटर सडक २ वर्ष अघि ठेक्का सम्झौता भई निमार्ण कार्य सुरु गरिएको हो । महरा निमार्ण सेवा र देउती कन्ट्रक्सन कम्पनीले बिचैमा निमार्ण कार्य अधुरो छाडे संगै उक्त सडक निमार्ण कार्य अलपत्र परेको स्थानियहरुले बताएका छन् । निमार्ण कार्य निमार्ण कम्पनीले बिचैमा अलपत्र छाडेपछि स्थानियहरुलाई हिडडुल गर्न निकै सकस हुदै आएको छ् । अलपत्र सडक निमार्णलाई पुरा गर्न स्थानिय स्तरबाट चर्को आवाज आउदै गर्दा संघिय सरकारका सदस्य तथा पुर्व मन्त्री रमेश लेखक, शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर राना मगर लगाएत स्थानिय नेताहरुले उक्त सडकको अनुगमन समेत गरेका थिए । निमार्ण कम्पनीले दुई स्थानमा स्लेव ढलान कार्य अधुरो छाडेपछि स्थानियहरुले उक्त स्थानमा काठको पुल बनाएर हिडडुल गर्दै आएका छन् । स्थानियहरुले स्लेव ढलान गर्ने स्थानमा काठको पुल बनाएर केही दिन अघि दरातीले रिविन काटेर पुलको उद्धघाटन गरे संगै उक्त सडकको नाउ दराती सडक नामाकरण गरिएको हो । दोधारा चाँदनी नगरपालिका– ७ निवासी तथा नेपाली काग्रेंसका नेता डम्मर चन्दले अलपत्र दराती सडक निमार्णको लागी संघिय सरकारले आगामी आर्थिक वर्षको लागी रु. १ करोड रकम बिनियोजन गरेको बताएका छन् । ‘हाम्रा माननिय पुर्व मन्त्री तथा संघिय सरकारका सदस्य रमेश लेखकजीले अलपत्र सडक निमार्णको लागी रु. १ करोड रकम बिनियोजन गर्नुएको छ्’ नेपाली काग्रेंसका नेता डम्मर चन्दले भने । सडक निमार्णका लागी संघिय सरकारले बजेट छुट्याएपछि स्थानियहरु खुशी ब्यक्त गरेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>