Samriddhipost
२०८१ असार १४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ०९ गते आइतबार

बेदकाेट नगरकाे नगरसभा पुर्व सन्ध्यामा बामपंथी वडा अध्यक्षले गरे बैठक बहिस्कार । छलफलकाे लागि बाेलाएकाे छु: मेयर ।
फायल तस्बिर

कंचनपुरकाे बेदकाेट नगरपालिकाका पाँच जना वडा अध्यक्षहरुले नगरसभाकाे पुर्व सन्ध्यामा बैठक बहिस्कार गरेका छन । भाेलि आषाढ १० गते नगरसभा तय भएकाे छ ।
बेदकाेटमा १० वडा रहेका छन । १० मध्ये ५ वडामा काग्रेस र पाँच वडा एमाले, माओवादी र समाजवादिकाे नेतृत्व रहेकाे छ। नगर सभा बहिस्कार गर्ने वडा अध्यक्षमा वडा २ नरेश बहादुर सिह, वडा ६ का तुलसि राना, वडा ८ का महेश राज जाेशी, वडा ९ का जनक बहादुर बिष्ट र वडा १० का रतन सिह बिष्ट रहेका छन । 
वडा २ बाट दाेस्राे पटक निर्वाचित(एमाले) वडा अध्यक्ष नरेश बहादुर सिहले भने वडाका बिकास निर्माण र वडावासिका मागका बिषयमा मेयर साप संग छलफल गर्न गरेर औपचारिक रुपमा बैठकमा बस्ने भनेका थियाै तर मेयर सापले छलफल गर्न नचाहे पछि बैठकमा बस्न नसकिएको बताएका छन ।
यसैगरि (माओवादी) वडा १० का अध्यक्ष रतन सिह बिष्टले ब्यक्तिगत बिषयमा नभएर समृद्ध पालिका, शुसासन कायम हुने तरिकाले,नगरमा रहेका राजनितिक दलका सपना छन नगरवासिका सपना छन ती सबैमाथी छलफल गरेर नगरसभामा जान चाहेकाे हाे तर छलफलकाे वातावरण नभएपछि बस्न नसकिएकाे बताएका छन ।
यस्तै (समाजवादी) वडा ८ का अध्यक्ष महेश राज जाेशी नगर प्रमुखले सुरु देखि बिषयगत समितिहरुमा आफ्नाे भुमिका खाेजिरहेका, सम्पुर्ण कार्यक्रम हरु पारदर्शि गर्नुपर्ने, नगरपालिका का गाैरवका याेजनाहरु सबैकाे पहुच हुनुपर्ने, सबै वडाहरुमा नगरपालिकाका साधनस्राेतकाे समउचित बितरण गर्नपर्ने, नगर प्रमुखले कुनैपनि काम गर्दा पुर्वनग्रह राख्न नहुने, जनताकाे घरसम्म पुग्ने माटाेमा लगाईएकाे कर लाई हटाउनु पर्ने र अन्य कैयै कर प्रगतिशील कर प्रणाली अनुसार लागु गर्पनुर्ने लगायतका बिषय छफलल गर्नुपर्ने थियाे तर मेयर यस्मा छफफल नगरि अगाडि बढ्ने देखिए पछि बैठक बहिस्कार गरेकाे बताएका छन । 


नगरप्रमुख भाेजराज बाेहरालाइ वडा अध्यक्षहरुले बैठक बहिस्कार गरेछन छलफलकाे वातावरण भएन भनेर साेद्धा वहाले बैठककाे बातावरण के बनाउनु पर्ने रहेछ भनेर प्रतिप्रश्न गर्दै भन्नुभयाे बहाहरुलाई छलफल गर्नकै लागि बाेलाएकाे हाे बाेलाएन भन्ने कुरा झुटा हाे । वहाँ का वडा मेरा पनि हुन वहाहरुले पेलिरहनु भएकाे छ, पेल्नुपर्याे भनेपछि पेल्नुपर्ला, मैले बायस नजरले हेरेकाे छैन, किन हाे थाहा छैन राजनितीक पुर्वाग्रह हाे किन हाे । भाेली बिहान ९ बजे छलफलका लागि बाेलाएकाे छु आउनु भए साैहार्द वातावरणमा छलफल हुन्छ, नभए परिषदमा बहुमतकाे पनि आवश्यक्ता पर्याे भने त्यहि अनुसार गर्ने बताउनु भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>