Samriddhipost
२०८१ असार १४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार १० गते सोमबार

बिपन्न उपचारका लागि भिमदत्त नगरकाे महाकाली अस्पताल लाई पाँच लाख सहयाेग

कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई आर्थिक सहयोग गरेको छ । भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई पाँच लाख आर्थिक सहयोग गरेको हो । 
विपन्न नागरिकको उपचारका लागि भीमदत्त नगरपालिकाले अस्पताललाई नगद सहयोग गरेको छ । आइतबार एक कार्यक्रमका विच भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई चेक हस्तान्तरण गरेको छ । 
भीमदत्त नगरपालिका उपप्रमुख निलम लेखकले विपन्न नागरिक, आर्थिक रुपमा समस्यामा परेका गरिब दलित, अशक्त बेवारिसे नागरिकको निःशुल्क उपचारका लागि सहयोग गरेका्े बताईन । 
उनका अनुसार महाकाली अस्पतालमा थुप्रै बेवारिसे बिरामी आउने र उपचारमा समस्या हुने भएकाले पालिकाबाट अस्पताललाई उक्त आर्थिक सहयोग गरिएको बताईन । 
‘बिरामीको उपचारकासाथै हामीले पालिकाबाट उनीहरुको उपचारमा खटिने एक कर्मचारी समेत व्यवस्थापन गरेका छौँ, ‘उपप्रमुख लेखकले भनिन, ‘आगामी बर्षमा समेत थप बजेट बृद्धि गछौँ ।
’ चेक ग्रहण गर्दै महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट(किरण)ले पालिकाबाट आएको आर्थिक सहयोगबाट बेवारिसे नागरिकको उपचारमा टेवा पुग्ने बताए ।
महाकाली प्रादेशिक अस्पतालका निमित्त मेसु डा. अर्जुन कुमार भट्टले पालिकाबाट आएको आर्थिक सहयोगले बेवारिने एव विपन्नको उपचार गर्ने बताए । पालिकाले महाकाली अस्पताल जस्तै ब्लड बैंकका लागि रेडक्रस सहितका स्वास्थ्य संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>