सुदूरपश्चिम प्रदेशका बरिष्ठ उद्योगपति तथा समाजसेवी ओमप्रकाश अग्रवाल सम्मानित भएका छन् ।
३८ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा आईतवार एसओएस बालग्राम धनगढीमा आयोजित कार्यक्रममा बरिष्ठ उद्योगपति तथा समाजसेवी अग्रवाल सम्मानित भएका हुन् ।
धनगढीमा एसओएस बालग्राम स्थापना भएयता निरन्तर रुपमा सहयोग गर्दै आएका अग्रवाललाई आईतवार एसओएसले अग्रवालको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री ओम बिक्रम भाट ‘सरल’ ले दोसल्ला र कदर पत्र सहित सम्मान गरे ।
कार्यक्रमका अध्यक्ष एसओएसका योजना निर्देशक पदम बहादुर हमालले एसओएसका हरेक समस्या र अप्ठ्यारामा साथ र सहयोग गरेकोमा बरिष्ठ समाजसेवी अग्रवालको मुक्तकण्ठले प्रशंसा गरे ।
गतवर्ष बरिष्ठ समाजसेजी अग्रवालले एसओएस बालग्रामको सभा हलमा १० लाख रुपैया बराबरका एसी जडान गरेका थिए ।
बरिष्ठ समाजसेवी अग्रवालले एसओएसका छोराछोरीको सुबिधा र पठन पाठनका लागि सहयोग गर्न सदैव तत्पर रहने प्रतिबद्धता गरे ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया