Samriddhipost
२०८१ असार १४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार १० गते सोमबार

भिमदत्तमा झण्डै २ अर्वकाे बजेट, ३० कराेड आन्तरिक आय हुने लक्ष्य

कञ्चनपुरको भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्ष ०८१/०८२का लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको छ । जिल्लाकै जेठो एव पुरानो भीमदत्त नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।
सोमबारदेखि शुरु भएको भीमदत्त नगरपालिकाको १५ औँ नगर सभामा १ अर्ब, ९५ करोड ६९ लाख, ३३ हजार बराबरको बजेट प्रस्तुत भएको छ ।

नगर प्रवक्ता पदमराज अवस्थीले नै नगर सभामा नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आन्तरिक आय तर्फ ३० करोड हुने अपेक्षा गरिएको छ । वित्तिय समानुकिरण संघीय तर्फ २४ करोड, ४१ लाख, प्रदेश तर्फ २ करोड ४० लाख, संघीय तर्फ शसर्त अनुदान ५८ करोड, १३ लाख, प्रदेश तर्फ १करोड, ९८ लाख, संघीय तर्फ राजस्व बाँडफाँड १८ करोड, ७ लाख, प्रदेश तर्फ ८४ लाख, संघीय तर्फ समपुरक ७५ लाख, प्रदेश तर्फ १ करोड ८६ लाख, संघीय तर्फ विशेष अनुदान १ करोड, प्रदेश तर्फ ५० लाख, समाजिक सुरक्षा ५२ करोड, ५० लाख, सर्डक बोड १ करोड, क्षेत्रीय शहरी विकास आयोजना २४ लाख र नगद मौज्दात २करोड आयतर्फ प्रस्तुत गरिएको छ ।

आन्तरिक आयबाट खर्च हुने चालुमा २१ करोड, वडा कार्यालय चालु ७० लाख, विषयत शाखा कार्यक्रम ३ करोड, २५ लाख, नगर विकास कोष १ करोड, भारतीय राजदुताबास म्याचिङ्ग तर्फ २ करोड, विभिन्न कोष तर्फ ४ करोड ५० लाख, राजस्व बाँडफाँड तर्फ वडा कार्यालय चालु ७० लाख, पालिका १८ करोड, ११ लाख र अन्य चालु म्याचिङ्ग १० लाख विनियोजन गरिएको छ ।

पुँजिगत खर्च तर्फ वडातर्फ पँुजिगत १२ करोड ६० लाख, विषयगत शाखा ७५ लाख, सार्वजनिक सरचना मर्मत कोष ५० लाख, नगरस्तरिय पुजिगत आयोजना तर्फि ४ करोड, ४४ लाख, पुँजिगत म्याचिङ ७ करोड, ५२ लाख, शसर्त अनुदान खर्च ६० करोड, ११ लाख, समपुरक अनुदान २ करोड, ६१ लाख, सडक बोड तर्फ १ करोड र शहरी विकास आयोजना तर्फ २४लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक बर्षमा भीमदत्त नगरपालिकाले केही नयाँ कार्यक्रम संचालन गर्ने योजना ल्याएको छ ।
नगर प्रवक्ता अवस्थीले ‘मेयर अन द स्र्पट कार्यक्रम’ एकदमै नयाँ भएको बताए । उनका अनुसार नगर क्षेत्रका दुर्गम क्षेत्र, अति विपन्न दलित, लोपोन्मुख, जाति, द्वन्द्वपीडित , महामारी पीडित, विपद् प्रभावित, हिन्सामा परेका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गम्भिर दुर्घटनामा परेका व्यक्ति परिवार, साहरा बिहिन बेसाहराको उत्थानका लागि कार्यक्रम संचालन गरिनेछ ।

यसका साथै बुक फ्रि फ्राईडे कार्यक्रम समेत संचालन गरिने छ । हरेक शुक्रबार विद्यालयमा विद्यार्थीलाई किताब मुक्त गरेर अतिरिक्त कार्यक्रम संचालन गरिनेछ । स्मार्ट हेल्थ, नगरलाई विषादीयुक्त बनाउँदै प्राङगारिक मल उत्पादनका कार्यक्रम संचालन गरिनेछन । नगर प्रवक्ता शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटनका उच्च प्राथमितामा राख्दै गत विगतमा अधुरा योजना पुरा गर्दै नगर सम्बृद्धिका योजना प्रभावकारी कार्यान्वयन गरिने बताए ।

नगर प्रवक्ता अवस्थीले नगर सभा शुरु भएको र नीति, कार्यक्रम एव बजेट अध्ययनका लागि नगर सभा सदस्यहरुलाई दिएको केही दिनभित्रै पुन नगर सभाको बैठकबाट पारित गरिने बताए । कावा नगर प्रमुख निलम लेखकको अध्यक्षतामा शुरु भएको नगर सभा नगर प्रमुख पदम बोगटी आएपछि नीति, कार्यक्रम, बजेट पारित गरिने प्रवक्ता अवस्थीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>