Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ११ गते मङ्गलबार

बेलडाँडीकाे बजेट ५३ कराेड बढि

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको पन्ध्रौँ गाउँ सभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि कूल ५३ करोड १६ लाख ७२ हजार बराबरको बजेट पारित गरिएको छ । सोमबार बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाको सभाध्यक्षतामा आयोजित गाउँ सभाको पन्ध्रौँ अधिवेशनमा अध्यक्ष रानाले नीति तथा कार्यक्रम र उपाध्यक्ष शान्ति नाथले आगामी आर्थिक वर्षको बजेट विवरण प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत बजेटको कूल खर्चमा चालुतर्फ रु. ३६ करोड १ लाख ९२ हजार मध्ये १२ करोड सामाजिक सुरक्षाको र पुँजीगत तर्फ रु. १७ करोड १४ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।
गाउँपालिकाको सङ्घीय तथा प्रदेश समानीकरण, राजस्व बाँडफाँड र आन्तरिक स्रोतबाट वडागत वडा नं. १ मा ४९ लाख ४६ हजार, वडा नं. २ मा ५२ लाख ११ हजार, वडा नं. ३ मा ३८ लाख ९८ हजार, वडा नं. ४ मा २२ लाख, वडा नं. ५ मा ४७ लाख ९२ हजार विनियोजन गरिएको छ । शाखागत कार्यक्रम अन्तर्गत महिला विकास शाखातर्फ ६ लाख ५० हजार, भूमि व्यवस्थापनतर्फ ४५ लाख, पशुपन्छी विकास शाखातर्फ १७ लाख, स्वास्थ्य शाखातर्फ १ करोड ५५ लाख, शिक्षा तथा खेलकुद शाखातर्फ १ करोड ७३ लाख, वन तथा वातावरण शाखातर्फ ८ लाख, सहकारी शाखातर्फ ८ लाख, उपाध्यक्ष विशेष कार्यक्रममा १७ लाख, प्रधानमन्त्री रोजकार कार्यक्रममा १ लाख र समावेशी कार्यक्रममा २ लाख विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि प्रस्तावित राजश्व र खर्च विवरण :
आय तर्फ :आन्तरिक आय :- रु. ८५ लाखराजश्व बाँडफाँड : रु. ७ करोड ४८ लाखअन्तर सरकार वित्तीय हस्तान्तरण (नेपाल सरकार) रु. २८ करोड ७३ लाख ७ हजारअन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार): रु. ३ करोड ७ लाख ५९ हजारसरी आएको मौज्दात : रु. ००कूल जम्मा आय : रु. ५३ करोड १६ लाख ७२ हजार रहेकाे छ ।
व्यय तर्फ :चालु खर्च तर्फ : रु. ३६ करोड १ लाख ९२ हजारपुँजीगत खर्च तर्फ : रु. १७ करोड १४ लाख ८० हजारकुल खर्च : रु. ५३ करोड १६ लाख ७२ हजार रहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>