Samriddhipost
२०८१ असोज १३ गते आइतबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार ११ गते मङ्गलबार

दोधारा चाँदनीको अलपत्र बाबाथान पक्की सडक निमार्ण कार्य सुरु, स्थानियबासीमा खुशीयाली

कञ्चनपुरको दोधारा चाँदनीको अलपत्र मुल सडक बाबाथान सडक निमार्ण कार्य अघि बढाईने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको अलपत्र मुल सडक खण्ड निमार्ण कार्य सुरु भए पछि स्थानियहरुमा खुशी छाएको छ् । दोधारा चाादनी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट दोधारा चाँदनी नगरपालिकाको अलपत्र मुल सडक खण्ड तथा बाबाथान बजार सडक निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् ।  बाबाथान बजारमा २ सय मिटर मूल सडक खण्ड जीर्ण भएपछि स्थानिय वासिन्दा सास्ती खेप्दै आएका हुन् । ओटासिल प्रविधिमा केही वर्ष अघि गरिएको कालोपत्रे सडक जीर्ण भएपछि स्थानीयहरुलाई आवतजावत तथा सवारी साधान आवागमनमा निकै समस्या हुदै आएको छ् । आार्थिक २०७०/०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५/०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्षपछि निमार्ण गरिएको सडक जीर्ण भएपछि गत वर्ष एक निमार्ण कम्पनीले जीर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो । निर्माण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडे संगै उक्त सडक जिर्ण हुदै आएको थियो । दोधारा चाँदनी नगरपालिकाको सबै भन्दा पुरोना पिच सडक रहेको र बिगत देखि आफुहरुले अलपत्र सडक निमार्ण गर्ने प्रयास गरेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बाबाथान बजारको पिच भत्केर स्थानियहरुले निकै सास्ती खेप्नु परेको अवस्थामा नगरपालिकाको अन्य कामको बजेट कटौती गरेर निमार्ण कार्य अघि बढाएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भए संगै स्थानिय तथा बजार व्यवसायीहरुले जनप्रतिनिधीहरुलाई दवाव दिदै आएका थिए । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले सडक निमार्णको लागी बजेट बिनियोजन गरे संगै निमार्ण कार्य सुरु भएपछि स्थानियबासीहरु खुशी छाएको छ् । बग्रेल्ति फुटाएको ढुङ्गा संगै धुल्याम्मे सडक भएको कारण बाजर क्षेत्रमा हिडडुलमा समेत निकै असहज हुदै आएको थियो । बजारमा राखिएको मिष्ठान पसल बढी प्रभावित बन्दै गएको व्यवसायीहरु बताउछन् । हावाहुरीको कारण सडकबाट उड्ने धुलोले व्यवसायीहरुको पसलहरुमा धुलोको कारण पसल धुलाम्य हुदै आएको थियो । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले बाबाथानको अलपत्र सडक निमार्णको लागी रु. २० लाख रकम बिनियोजन गरि ईश्वर निमार्ण सेवालाई निमार्ण कार्यको जिम्मा दिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>