Samriddhipost
२०८१ असार १४ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ११ गते मङ्गलबार

मानव बेचबिखन रोक्न माईती नेपालद्धारा दोधारा चाँदनीमा किशोरीहरुलाई कानुनी अनुशिक्षण

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण कार्यमा सक्रिय संस्था माईती नेपालले किशोरीहरुलाई अनुशिक्षण गरेको छ । माईती नेपाल कञ्चनपुरले किशोरीहरुलाई मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको एक दिने कानुनी अनुशिक्षण आज सम्पन्न गरेको माईती नेपाल कञ्चनपुले जनाएको छ । दोधारा चाँदनी नगरपालिका– १ स्थित पशुपती आधारभुत बिद्यालयका एक कक्षमा जोखिममा रहेका २५ जना किशोरीहरुलाई मानब बेचबिखन तथा ओसारपसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएकी छन् । मानव वेचविखन हुन सक्ने स्थान, तौरतरीका, प्रयोजन तथा कारण तथा कानुनी उपचारको बारेमा माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले सहजीकरण गरेका थिए । मानब बेचबिखन तथा ओसार पसार बिरुद्ध एक दिने कानुनी अनुशिक्षण कार्यक्रम निकै प्रभावकारी रहेको कार्यक्रममा सहभागी किशोरीहरुले बताएका छन् । मानब बेचबिखन तथा ओसार पसार, कानुनी उपचारको बारेमा र माईती नेपालले मानव बेचबिखनका बिरुद्धमा गर्दै आएको प्रयासको बारेमा जानकारी पाएको कार्यक्रममा सहभागीहरुले बताएका छन् । मानव बेचबिखन भन्नाले कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, कुनै प्रकारको फाईदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने वा सोका लागी अन्य मुलुकमा बिक्रि गर्ने, प्रचलित कानून बमोजिम बाहेक झुक्याएर अंग झिक्ने र वेश्यागमन गर्ने कार्यलाई मानव बेच–बिखन भएको र यसका कानुनी उपचारको बारेमा प्रशिक्षण बारे सहभागी किशोरीहरुलाई जानकारी गराईएको छ । स्थानिय युवा नेता किशोर आग्रीले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा जोखिममा रहेका किशोर, किशोरीहरुलाई मानव बेचबिखन रोक्न पहल गर्दै आएको माईती नेपाललाई धन्यबाद दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ महाकाली झोलुङ्गे पुल र हाल आएर महाकाली नदीको ४ लेनको निमार्णधिन पक्की पुलमा माईती नेपाल कञ्चनपुरले सुचना तथा परामर्श केन्द्र स्थापना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा निकै राम्रो कार्य गर्दै आएको युवा नेता किशोर आग्रीले बताएका छन् ।  मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागी आम किशोरीलाई सचेत पार्नु अपरिहार्य भएकाले अनुशिक्षण संचालन गरिएको बताईएको छ् । बेचबिखन कसरी हुन्छ र बेचबिखन रोक्न के गर्नु पर्छ, आफु कसरी सचेत हुनु पर्छ, कानुनी उपचारको बारेमा कार्यक्रममा सिकाई भएको सहभागीहरुले बताए । अनुशिक्षणमा सहभागीहरु उत्सुकता साथ सहभागी भएका थिए । आगामी दिनहरुमा माईती नेपालले सामाजलाई सजग बनाउने यस्ता कार्यक्रम किशोरीहरुलाई संचालन गर्न समेत सहभागीहरुले माईती नेपाललाई आग्रह गरेका छन् । माईती नेपाल कञ्चनपुरले मुख्य मुख्य नाकामा सुचना तथा परामर्श केन्ऽ स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला तथा वालवालिकाहरुको उद्धार, भारत लगाएतका देश बिदेशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला वालवालिकाहरुको उद्धार, आवाशिय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगाएतका सेवा प्रदान गर्दै सिप मुलक तालिम सहित परिवार र समाजमा पुर्नमिलन लगाएतका कार्य गर्दै आईरहेको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>