Samriddhipost
२०८१ असोज १३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार ११ गते मङ्गलबार

कृष्णपुर नगरपालिकाकाे बजेट ९७ कराेड बढि

कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साेमबार ९७ करोड ५ लाख ६० हजार रुपैयाँ को बजेट ल्याएको छ। सोमबार नगरपालिकाको १५ औँ नगर सभाबाट उक्त बजेट पारित गरिएको हो।
मेयर हेम राज ओझाको अध्यक्षतामा भएको नगरसभामा उप-मेयर द्रोपती रानाले बजेट प्रस्तुत गरेकी थिईन।
आयतर्फ आन्तरिक श्रोत रु ६ करोड, संघीय सरकार राजश्व बाँडफाँडबाट रु.१५ करोड १४ लाख, प्रदेश सरकार राजश्व बाँडफाँडबाट रु.४६ लाख ५ हजार,नेपाल सरकार अन्तर सरकारी वित्तीय संघीय हस्तान्तरणबाट रु. १५ करोड ५१ लाख, वित्तीय समानिकरण प्रदेश १ करोड ४६ लाख ७९ हजार रहेको छ।
त्यस्तै सामाजिक सुरक्षातर्फ रु.२५ करोड, सर्शत अनुदान संघीय चालू तर्फ २७ करोड १७ लाख ७६ हजार, सर्शत अनुदान संघीय सरकार पुजीगत तर्फ ३ करोड ८० लाख, समपुरक अनुदान पुजीगत तर्फ ७५ लाख, विशेष अनुदान पुजिगत तर्फ १ करोड २५ लाख, सडक बोर्ड बाट ५० हजार गरी कुल रु.९७ करोड ५ लाख ७० हजार रुपैयाँको आयव्यय प्रस्तुत गरिएको हो।
आ.व २०८१/८२ मा शिक्षा तर्फ सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुलाई २०० प्रतिशत भत्ता थप गरिएको छ; सिक्दै कमाउदै कार्यक्रम लागू हुने, सार्वजनिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाई हुने, कृष्ण मा.वि कृष्णपुर ४ मा ११ र १२ कक्षामा विज्ञान विषय संचालनका लागि विशेष कार्यक्रम ल्याईने, सार्वजनिक विद्यालयमा ५५ बर्ष उमेर पुगि पेन्सन सुविधा भएका सेवा छोड्ने चाहाने शिक्षकहरूलाई प्रोत्साहन स्वरुप नगद अनुदान दिईने, प्रविधि मैत्री पढाई गरिने नगरपालिकाको निति रहेको छ।
त्यस्तै स्वास्थ्यमा १५ सैय्याको नगर अस्पताल निर्माण, कृष्णपुर स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र संचालन, सार्वजनिक स्थलमा धूम्रपान, मध्यपान निषेध, एम्बुलेन्स व्यवस्था, शव बहान सेवा, स्वास्थ्य विमा कार्यक्रम, नगरपालिका भित्र रहेका निजि स्वास्थ्य प्रयोगशालाको निरिक्षण गरिने छ।
त्यस्तै काठको आपूर्ति डिपो स्थापनाका लागि पहल गरिने, सामुदायिक वनमा निरीक्षण गरिने, विदेशी काठ निषेध गर्ने कृष्णपुरकै काठ प्रयोग गर्ने नगरपालिकाको निति छ। सुरक्षाका लागि कृष्णपुर ९ राजघाटमा प्रहरी विट स्थापना गरिने, सि.सि टि .भि क्यामरा जडान गरिने, नगर प्रहरी नियुक्त गरिने, वाणी प्रहरी विटलाई स्तरोन्नति गरि ईलाका प्रहरी कार्यालयका लागि पहल गरिने छ। त्यस्तै सुचना प्रविधी तर्फ डाटा व्यवस्थापन कार्यविधि, डिजिटल नागरिक सुचना केन्द्र स्थापना गरिने लगायतका नीति तथा कार्यक्रम कृष्णपुर नगरपालिकाले ल्याएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>