Samriddhipost
२०८१ असोज १३ गते आइतबार
महेन्द्रनगर
२०८१ असार ११ गते मङ्गलबार

दाेधारा चाँदनीमा बिज्ञकेन्द्र र नगरकाे लगानीमा पशु चौपाया व्यवस्थापनको लागी गौशाला निर्माण अन्तिम चरणमा
तस्बिर पप्पु गुरुङ

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका छाडा चौपाया (गाई-गोरु) व्यवस्थापनको लागी नगर स्तरिय गौशालाको निमार्ण कार्य सुरु गरेको छ् । छाडा छाडिएको गाई-गोरुले किसानहरुको अन्नवाली नष्ट गर्नुको साथै सवारी दुर्घटना हुने र नगरको सौन्दर्यकरणमा पनि असर पारेको भन्दै दोधारा चाँदनी नगरपालिका– १० मा गौशाला निमार्ण कार्य सुरु गरिएको भेटनरि अस्पताल तथा पशु बिज्ञ केन्द्र कंचनपुरका प्रमुख चन्द्रकान्त पन्तले बताएका छन ।

दोधारा चाँदनी नगरपालिका र बिज्ञ केन्द्रकाे सहयोगबाट नगर क्षेत्रको छाडाचौपाया ब्यवस्थापनको लागी गौशाला निमार्ण कार्य सुरु गरिएको दोधारा चाँदनी नगरपालिका– १० का वडा अध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । ७ सय देखि १ हजार छाडाचौपाया व्यवस्थापन गर्ने क्षमता भएको गाैशाला निमार्ण कार्य निमार्ण क्रममा रहेको वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । भेटनरि अस्पताल तथा पशु सेवा बिज्ञकेन्द्रकाे रु. २५ लाख, नगरपालिकाकाे रु. १५ लाख रकमले निमार्ण कार्य सुरु गरिएको हाे । गाई, गोरु बस्नको लागी भवन, स्वच्छ पानीको व्यवस्था, तारवार लगाएत निमार्ण गर्ने कामहरु भईरहेको छ् ।

आगामी आर्थिक वर्षको लागी दोधारा चाँदनी नगरपालिकाले गौशाला निमार्णको लागी रु. ११ लाख रकम बिनियोजन गरिएको वडा कार्यालयले जनाएको छ् । निर्माणाधिन गौशालालाई थप व्यवस्थित गर्न थप गृहकार्य भईरहेको बताईएको छ् । छाडा चौपायाको कारण किसानहरुले वर्षभरी मेहनत गरि लगाएका अन्नवाली नष्ट गर्ने, नगर सौन्दर्यकरणमा असर पार्ने तथा सवारी दुर्घटना निम्त्याउने गरेको भन्दै नगरपालिकाले छाडाचौपाया व्यवस्थापन गर्न बिगतका दिनहरुमा समेत थुप्रै अभ्यास गर्दै आएको छ् । दूध दिउन्जेल राख्ने र त्यसपछि छोडीदिने प्रवृतिले छाडा चौपाया बढ्दै हो । कतिपयले त दूधे बाच्छोलाई पनि छोडिदिने गरेका छन् । गौशालाका लागी छुट्याईएको झण्डै ६ बिघाह जग्गामा डाले घाँस तथा भुई घास लगाउने योजना समेत रहेको नगरप्रमुख किशाेर कुमार लिम्बुले बताउनु भएकाे छ् ।  

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>