Samriddhipost
२०८१ असोज १३ गते आइतबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार ११ गते मङ्गलबार

बन जोगाउन हिमालय उपभोक्ता समितिको गोबर ग्यास प्लान्ट निमार्णमा सहयोग कार्यक्रम

दोधारा चाँदनी नगरपालिका– ४ का करन सुनारलाई विगतको जस्तो दाउरा खोज्न बिहानीको झिसमिसेमै सामुदायिक वन क्षेत्रमा जानुपर्ने झन्झट छैन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिले हिमालय मध्यवर्ती उपभोक्ता समिति मार्फत घरमा निशुल्क गोबर ग्यास प्लान्ट जडान गरिदिएपछि दाउराको झन्झटबाट करन सुनारले मुक्ति पाएका छन् । गोबर ग्यासले जडान संगै समयको बचत भयो, गोबर ग्यासबाट निस्कने ग्यासले खाना बनाउने गरेको तथा  ट्यांकीबाट निस्कने गोबरको लेदोलाई खेतबारीमा हाल्ने गर्दै आएको करन सुनारले बताउनुभएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समितिले मध्यवर्ती क्षेत्रमा विपन्नको घरमा गोबर ग्यास प्लान्ट जडान गरिदिएपछि स्थानियहरुलाई ठुलो समस्या टरेर गएको छ् । हिमालय उपभोक्त समितिले दोधारा चाँदनी नगरपालिकाको वडा नं. २, ४, ५ वडाका ७ जना किसानलाई निशुल्क गोबर ग्यास प्लान्ट जडान गरिदिएपछि दाउराको समस्या टरेर गएको हो । गोबर ग्यास प्लान्टले गर्दा एकातिर मासिदै गएको वन जोगिएको छ, भने अर्को तर्फ धुवारहित वातावरणमा खाना पकाउन मानवीय स्वास्थ्यमा कम नोक्सान हुने भएको कारण मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानियहरुका लागी हिमालय मध्यवर्ती उपभोक्ता समितिले गोबर ग्यास प्लान्ट निमार्णमा सहयोग गरेको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले बताउनुभएको छ् । उहाँका अनुसार ७ जना स्थानियहरुलाई यस पटक निशुल्क गोवर ग्यास प्लान्ट निमार्णमा सहयोग गरेको हो । कृष्ण चन्द, उत्तम चन्द, नविन चन्द, गोपाल खड्का, करन सुनार, हेमन्ती धामी र अंगविर दमाईको घरमा ग्यास प्लान्ट निमार्णमा सहयोग गरेको हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदम बहादुर सिंहले जानकारी दिनुभएको छ् । हिमालय मध्यवर्ती उपभोक्ता समितिले निशुल्क गोवर ग्यास प्लान्ट जडानमा सहयोग गरेको भन्दै स्थानियहरुले खुशी ब्यक्त गरेका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>