Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १२ गते बुधबार

बेसहरा नागरिककाे सामाजिक सुरक्षा राज्यले लिन्छ: मन्त्री सुरक्षा

सुदूरपश्चिम प्रदेशका समाजिक विकास मन्त्री ओम बिक्रम भाट(सरल)ले बेसाहरा नागरिकको जिम्मा राज्यले लिने बताएका छन । 

बुधबारदेखि महेन्द्रनगरमा शुरु भएको राष्ट्रिय जेष्ठ नागरिक महासंघको विशेष तथा १०औँ अधिवेशन उद्घाटन गर्दै मन्त्री भाटले बेसाहरा नागरिकको समाजिक सुरक्षा राज्यले लिने बताएका हुन । 

‘जसले हामीलाई जन्मदिएर यहाँसम्म संसार देखायो, तिनै जेष्ठ नागरिक अभिभावक आज विवित कारणले बेसाहरा बन्न पुगेका छन, तिनीहरुको भरणा पोषण राज्यले गर्नुपर्छ, ‘मन्त्री साउदले भने, ‘जसको कोही हुँदैन, उसका लागि राज्य छन, तीनै सरकार छन, सुप प्रदेश सरकारले बेसाहरा नागरिकको जिवन भरणका लागि जिम्मा लिन तयार छ ।

मन्त्री भाटले पछिल्ला समयमा नेपाली समाजमा अभिभावक सन्तान घरबाटै अपहेलित भएको अवस्थामा त्यस्ता समाजिक विकृती समेत न्यूनिकरण गर्नुपर्नेमा जोडदिए । मन्त्री भाटले हुनेखाने घरपरिवारबाटै जेष्ठ नागरिक अपहेलित भएकाले त्यस्ता नागरिकलाई राज्यले व्यवस्थापन गर्न समस्या उत्पन्न गराएको बताए । 

जेष्ठ नागरिकको समाजिक सुरक्षाका लागि प्रदेश सरकारले आगामी आर्थिक बर्षमा केही कार्यक्रम ल्याएको समेत बताए । मन्त्री भाटले जेष्ठ नागरिकप्रतिको सन्तानको कर्तव्यबोधका लागि विद्यालय स्तरमै सचेतनामुलक कार्यक्रम संचालन गरिने बताए ।

‘अहिलेका बालबालिका अभिभावक भन्दा मोवाईल प्रविधितर्फ केन्द्रीत छन, ‘उनले भने, ‘उनीहरुलाई पारिवारिक सद्भाव बारे कर्तव्यबोध गराईएको छैन, जसका कारण पनि परिवारमा बिखण्डन, सद्भाव अभावले जेष्ठ नागरिकले अपहेलित हुनुपरेको छ, यस समस्याको समाजिकका लागि समाजिक सचेतना आवश्यक छ ।’ 

प्रदेश सरकारले समाजिक सद्भावका लागि जेष्ठ नागरिक, असाहयप्रतिको आपसी भाईचाराको भावना जागृत गराउन र स्वदेशमै रोजगारीका लागि १० हजार किशोर, किशोरी, युवाहरुलाई आत्मनिर्भर तालिम दिने बताए ।

अबका बालबालिकालाई स्वदेशी माटोप्रति सद्भाव जगाउन हामीले केही न केही कार्यक्रम ल्याउनुपर्ने देखिएको छ, ‘मन्त्री भाटले यसतर्फ सबै सरोकारवालो सोच्नुपर्ने बेला आयो, हामीले प्रदेश सरकार मार्फत तसतर्फ सोच्छौँ, त्यसैगरी अन्य सरकार समुदाय हरेक व्यक्तिले जेष्ठ नागरिकको समाज विकासमा भूमिका कदर गर्दै सम्मान गरे जेष्ठ नागरिक अपहेलित हुनुपर्ने अवस्थाबाट मुक्त हुनेछन। 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>