Samriddhipost
२०८१ असार १६ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १२ गते बुधबार

बुहारि भित्राउन गणितकाे दरबन्दी बिज्ञानमा बदल्न खाेजेकाे भन्दै, स्थानिय र विद्यार्थीकाे चेतावनी

बिध्यार्थिले निकाले बिज्ञप्ति, अभिवाकले बुझाए जानकारी पत्र सहत तालाबन्दी गर्ने चेतावनी ।

दार्चुला जिल्लाकै पुरानाे मध्येकाे एक विद्यालयमा गणित बिषयकाे दरबन्दी परिवर्तन खाेजेकाेे भन्दै स्थानिय अभिवाक र विद्यार्थी संगठनले निर्णय बदर गर्न अन्यथा तालाबन्दी लगायतका कार्यक्रम गर्ने र उत्पन्न परिस्थितिका सामना गर्न तयार रहन चेतावनि दिएक छन ।

शैल्यशिखर नगरपालिका स्थित गाेकुलेश्वर माध्यमिक विद्यालय गोकुले,दार्चुलामा तह (९-१०) का स्वीकृत नौ ओटा दरवन्दी मध्ये गणितको दरवन्दी रिक्त रहेको अवस्थामा व्यक्तिगत स्वार्थ पुर्तिको लागि, हजारौं विद्यार्थीको भविष्य माथी कुठाराघात हुने गरि यस विद्यालयको वि.व्य.स. को मिति २०८१-०३-१० गतेको गणित विषयको दरवन्दी परिवर्तन गरि  बिज्ञान विषयको शिक्षक ल्याउन गरिएको स्वार्थ बाझिने दुराशयपूर्ण निर्णयले हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ। जिम्मेवार व्यक्ति बाट नै स्वेक्षापूर्ण ढंगले विद्यालय जस्तो सम्बेदनशील क्षेत्रमा गरिएका प्रपन्च र खेदजनक निर्णय तत्काल बदर गर्न आग्रह गर्दछौं । अन्यथा, उत्पन्न परिस्थितिको सामना गर्न र जिम्मेवारी लिन विद्यालय र वि.व्य.स. लाई खुल्ला चुनौती दिन चाहन्छौं । अनेरास्ववियु क्रान्तिकारी दार्चुला संयाेजक तथा केन्द्रीय सदस्य नवीन बिष्ट हस्ताक्षरित बिज्ञप्तिमा उल्लेखित छ ।

यस्तै स्थानिय अभिभावक हरुले गणित बिषयकाे दरबन्दीमा बिज्ञान बिषयकाे शिक्षक ल्याउने निर्णय बदर गर्न माग गर्दै, बदर नगरे तालाबन्दी गर्न चेतावनी दिएकाछन ।
विद्यालयले गणित दरबन्दिलाई बिज्ञान दरबन्दिमा परिवर्तन गर्न शिक्षा बिकास तथा समन्वय ईकाईलाई अषाढ ११ गते पत्राचार गरेकाे पत्र सार्वजनिक भएकाे छ ।
स्राेतका अनुसार गणित शिक्षक सेवा निबृत भएपछि उक्त ठाउमा आफ्ना नातेदार भित्राउन दरबन्दी नै परिवर्तन गर्न खाेजेकाे बताईन्छ । स्थानिय सरकार नेतृत्वमा रहेका जनप्रतिनधिका बुहारि बझाङ्ग बाट गाकुलेश्वर ल्याउन यसरी दरवन्दि नै परिवर्तन गर्न लागेकाे स्राेतकाे भनाई छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>