Samriddhipost
२०८१ असार १६ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १३ गते बिहिबार

वन र वन्यजन्तु संरक्षण गर्नुपर्नेमा नेपाल भारतका अधिकारिहरु एकमत

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा हुने वन्यजन्तु तथा वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न योजनाबद्ध एवं थप प्रभावकारी रूपमा अघि बढ्नेमा दुई देशका वन सम्बद्ध अधिकारी र संरक्षणकर्मीले प्रतिबद्धता जनाउनु भएको छ ।  बुधबार धनगढीमा सम्पन्न दुई देशका वन कर्मचारी  र संरक्षणकर्मी बिच भएको मैत्रीपूर्ण छलफलमा दुवै देशका अधिकारीहरूले अवैध रूपमा हुने चोरी सिकारी नियन्त्रणका लागि एक अर्कालाई समयमै सूचना आदान प्रदान गरी त्यसलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत भीम प्रसाद कँडेलले सीमावर्ती क्षेत्रमा हुने वन पैदावारको अवैध चोरी सिकारी नियन्त्रण गर्न समकक्षी सँग निरन्तर सूचना आदान प्रदान गरिने बताउनुभयो । सीमा क्षेत्रमा हुन सक्ने यस्ता घटना नियन्त्रणका लागी  नेपालका तर्फबाट वन कर्मचारी अहोरात्र खटिएको भन्दै यसलाई अझ प्रभावकारी बनाइने बताउनुभयो । 
सीमावर्ती क्षेत्रमा पर्ने कुण्डा सव डिभिजन कार्यालय पचकडियाका वन अधिकृत दिनेश कुमार यादवले सीमावर्ती क्षेत्रमा पछिल्लो समय मानव र वन्यजन्तु बिच द्वन्द्व बढ्दै गएकाले यसको नियन्त्रणका लागि दुवै देशले प्रभावकारी कार्यक्रम लागु गर्नुपर्ने बताउनुभयो । वन्यजन्तुको ओहोरदोहोर गर्ने कोरिडोरको संरक्षण नगरेसम्म यस्ता घटना बढ्दै जाने भन्दै उहाँले यस विषयमा समुदायस्तरमा जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा पुर्नवास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना, लालझाडी मोहना बन संरक्षण क्षेत्र परिषद्का अध्यक्ष राज बहादुर ऐर, उपाध्यक्ष पदम बहादुर देउवा, भारतको उत्तर प्रदेश दुधवा टाइगर रिजर्भका बन अधिकारी धर्मेन्द्र द्विवेदी, महावीर सिंह, विकास कुमार वर्मा, रमेश यादव, प्रभारी निरीक्षक अवधेश कुमार यादव,  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज कुमार ऐर लगायतले धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>