Samriddhipost
२०८१ असार १६ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १३ गते बिहिबार

आफैले आयाेजना गरेकाे पत्रकार सम्मेलन बाट भाग्न खाेजिन उपाध्यक्ष नाथ, अनुदानकाे १२ लाख रकम मिलाउनका लागि मागेकाे आराेप छ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ कमरीमा रहेको जमुना गाई भैसी कृषक समुहमा आफुले प्रदेश सरकारबाट अनुदान हालिदिएको भन्दै १६ लाख मागेको आरोपको खण्डन गर्न महेन्द्रनगर पुगेकी छन । पत्रकार सम्मेलनमा नाथ पत्रकारले सवाल गर्दा तर्सीदै भाग्न खोजेकी छिन् ।
पत्रकारले उनलाई लागेको विषय सवाल गर्दा उनी जवाफ विहिन बन्दै भाग्न खोजेकी थिएइन । पत्रकार सम्मेलन आफुले आयोजना गरेकी नाथले पुराना विषयमा कुरै नर्गन भनेपछि पत्रकरले नयाँ पुराना कुरा सोध्दा उनी सम्मेलन विचबाटै भाग्न खोजेकी थिईन ।
बेलडाँडी गाउँपालिका वडा नं.३ कमरी टोलका १५ जनाको समूहमा गाई भैसी पालनका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्र कञ्चनपुरको ७५ प्रतिशत लागत साझेदारी समुदायमा आधारीत अनुदान बाफत ४० लाख अनुदान रकम आएको थियो ।
उपाध्यक्ष शान्ति नाथले कार्यक्रम आफुले मिलाई दिएको हो र मिलाए बाफत हाकिमलाई १२ लाख दिनुपर्ने र ४ लाख आफुलाई बहिनी सम्झेर दिनु होला भन्दै घुस मागेको आरोप लागेपछि त्यसको खण्डन गर्न शान्ति नाथले विहिवार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलको आयोजना गरेका थिए सम्मेलनमा पत्रकारको जवाफ दिन नसकेर उपाध्यक्ष नाथले फाेन आईरहेकाे, अन्त समय लिएकाे भन्दै कार्यक्रमलाई छोट्याउन आग्रह गरे ।
 उपाध्यक्ष नाथले समुहका अध्यक्षका श्रीमान हरकिसन रानालाई तपाईले भैंसी किन्नु पर्दैन जिल्लाको र प्रदेशको अनुगमन आउने बेला भाडामा भैंसी ल्याएर देखाउला कार्यक्रम पास गर्ने जिम्मा मेरो भनेपछि जनजाती समुदायका सोझासाझा किसान आफुहरुलाई उपाध्यक्ष शान्ति नाथको जालमा पारेको जमुना गाई भैंसी पालन समुहका सदस्यहरुले बताएका छन ।
बैंशाख २५ गते जिल्ला प्रदेशको टोली अनुगमनमा आउने बेला उपाध्यक्ष शान्ति नाथको डिजाईनमा भैंसी भाडमा ल्याएको सोझासाझा राना समुदायका कृषकले हिजो महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सो कुरा स्वीकार गरेका थिए ।
अनुगमन टोलीलाई भैंसी भाडामा ल्याएका छन् भन्ने खवर अगाडी पुगिसकेको थियो । अनुगमन समितिले बैशाख २५ गते अनुगमन गर्ने र २६ गते भुक्तानी गर्ने पहिलै कृषकलाई बताएका थिए भने यता उपाध्यक्ष शान्ति नाथले अनुगमन पास भैहाल्छ अव हाकिमहरुलाई पैसा दिनु पर्यो भनेर तुरुन्त आफ्नो बुहारी नाता पर्नेको नाममा रानाको व्याक्तिगत १२ लाखको चेक काट्न लगाईन र ४ लाख नगद भुक्तानी हुने वित्तिकै दिनुहोला भन्दै दवाव दिन थालेको आरोप छ ।
सो विषयमा आफुलाई लागेको आरोप खण्डन गर्न उपाध्यक्ष नाथले पत्रकार सम्मेलको आयोजना गरेका थिए तर सम्मेलनमा पत्रकारहरुले उपाध्यक्ष नाथले भनेजस्ताे गाेठ र खाेर बनाउन रकम कस बाट लिएकाे यस्काे स्राेत के हाे भन्ने बिषय अगाडि सार्न थालेपछि नाथले बिषय नखाेलेर याे बिषय चेक अनादरमा मुद्दा पर्ने र त्यहा सबै प्रष्ट हुने बताउदै सम्मेलन बाट उठेर निस्कन हिडेकि थिईन । यसरी पत्रकार सम्मेलन हास्यास्पद बनेको थियो, यसरी पत्रकारहरुले सम्झाई बुझाई बसाएका थिए ।

कार्यक्रम बाट उठेकाे भिडियाे तल हेर्न सकिन्छ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>