प्रहरीले ७० वर्षीया वृद्धाले लगाएको सुनको सिक्री लुटेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
उनीहरूलाई बागलुङ नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा डीएसपी रामेश्वर त्वातीले जानकारी दिए ।
त्वातीका अनुसार पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिकाका १९ वर्षीय रबिनकुमार यादव र सोही स्थानमा १८ वर्षीय प्रकाश राय यादव रहेका छन् ।
यही कात्तिक २ गते दिउँसो बागलुङ नगरपालिका-२ हल्लनचोकका जीवन पुनकी आमा ७० वर्षीया कृष्णमाया पुनले घाँटीमा लगाएको सुनको सिक्री चोरी गरी भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
चोरी भएको सिक्री आठ लाख ६ हजार मूल्य बराबरको २.७८ तोलाको भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई बागलुङ नगरपालिका-२ हल्लनचोकमा फेला पारी खानतलासी गर्दा सुनको सिक्री बरामद भएपछि पक्राउ गरी जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया