Samriddhipost
२०८१ असार १६ गते आइतबार
महेन्द्रनगर
२०८१ असार १३ गते बिहिबार

अधिवक्ता तथा बिध्यार्थि नेताले गरे बिरामि पत्रकार पन्तलाई सहयाेग

कंचनपुरका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा कञ्चनपुरका बिरामी पत्रकारलाई आर्थिक सहयोग गरेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज किशोर भट्टले जन्मदिनको अवसरमा पत्रकार डिल्लीराज पन्तलाई आर्थिक सहयोग गरेका हुन ।
भीमदत्त नगरपालिका २ उल्टाखामका स्थानीय समेत रहेका विद्यार्थी नेता एव अधिवक्ता भट्टले १३ असारमा आफ्नो जन्मदिनको अवसरमा बिरामी पत्रकार पन्तलाई नगद ५ हजार १सय रुपैया आर्थिक सहयोग गरेका छन ।नेता भट्टले आफ्नो गृह जिल्लामा रहेका समसायिक विषय उठानदेखिका काममा खटिने पत्रकार पन्तलाई बिरामीका बेला सहयोगी भावनाले सहयोग गरेका हुन ।
जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा समाजका लागि खटिने पत्रकार जगत संकटमा परेका बेला केही औषधी खरिदमा सहजताका लागि सहयोग गरेको नेता भट्टले बताए । ‘मैले आफ्नो जन्मदिनको अवसरमा समाजका लागि खहोरात्र खटिने पत्रकार पन्तलाई सानै भएपनि संकटका बेला सक्दो सहयोग गरेको बताए ।
समाजका लागि खटिने पत्रकार पन्त लामो समयदेखि बिरामी भएपछि भीमदत्त नगरपालिका १२ ऐरी घरमै बस्दै आएका छन ।बिहीबार एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले पत्रकार पन्तलाई क्रान्तिकारी नेता भट्टले सहयोग गरेको रकम घरमै गएर हस्तान्तरण गरेका छन ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा महासंघका सचिव अवस्थी सहितका पत्रकार अम्बादत्त तिवारी, मोहन विष्ट, भाष्कर केसी, केशव भट्ट, गोकुल जोशी, जनक बहादुर चन्द, प्रकास भट्ट सहित सहभागि थिए ।
पत्रकार डिल्लीराज पन्तले आफु लामो समयदेखि बिरामी भएका बेला स्वास्थ्यका लागि ख्याल गर्दै सद्भाव देखाउने क्रान्तिकारी नेता किशोर भट्टप्रति आभार प्रकट गरेका छन ।
क्रान्तिकारी नेता भट्टले हरेक बर्ष जन्मदिनको अवसरमा अनाथ, बेसाहरा, विपन्न दलित , जेहेन्दार विद्यार्थीदेखि बिरामी, जेष्ठ नागरिक सहित संकटमा परेका मानिसलाई सहयोग गर्दै आएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>