Samriddhipost
२०८१ असार १६ गते आइतबार
काठमाडौं
२०८१ असार १३ गते बिहिबार

क्रियासिल पत्रकारहरु नेतृत्वका लागि जागे, वार्ता टाेली गठन गर्दै निकाले बिज्ञप्ति

पत्रकार महासंघ निर्वाचनमा आफनो नेतृत्व सुुनिश्चित गर्न पत्रकारहरु जागरुक भएका छन् । असार २२ गते निर्वाचन मिति ताेकिएर पछि बुधबार देशभरका क्रियाशील पत्रकारहरु संघ संगठनका नेतृत्वहरुबीचको भेलाले त्यसका लागि सबैसँग छलफल वार्ताका लागि संवाद टोली पनि बनाएको छ । 
श्रमजीवी÷स्वरोजगार पत्रकारहरुले महासंघमा आगामी नेतृत्व सुुनिश्चित गर्न देशभरका सक्रिय तथा समावेशी पत्रकारहरु एकतावद्ध हुनपर्ने छलफलमा सहभागी पत्रकारका नेताहरुले बताएकम छन । महासंघको तीनै तहको निर्वाचनमा क्रियाशील पत्रकारहरुका लागि गौरव र चुनौति दुवै भएकाले आफूहरु जिम्मेवार भएर निर्धारित समयमै निर्वाचन सम्पन्न गरी क्रियाशीलहरुले नेतृत्व गरेको महासंघ बनाउन हरतरहले लागिपर्ने प्रतिवद्धता सहभागीहरुले जनाएका थिए ।
सो बैठकमा सहभागी क्रियाशील पत्रकारहरुले छलफलपछि जारी एक प्रेस नोटमा नेपाली पत्रकारितामा मिडिया संकट, क्रियाशील पत्रकारका सुरक्षा चुनौती र पेशागत सुरक्षा संकट चुलिएकाले यसको समाधानका लागि क्रियाशील पत्रकारहरुको एकता अपरिहार्य आवश्यकता बनेको बताइएको छ । यही आवश्यकता पूरा गर्न सबै श्रमजीवी, व्यवसायिक पत्रकारको साझा समावेशी मोर्चा पत्रकार महासंघ बन्न जरुरी भएको सो विज्ञप्तिमा भनिएको छ ।
‘महासंघ नेतृत्व र अध्यक्षमण्डलले आफ्नाे भूमिका निर्वाह गर्न नसकेकोमा नेतृत्वप्रति पत्रकारहरुले गम्भीर प्रश्न उठाएका छन् । निर्धारित समयमै सदस्यता विवाद निरुपण गरेर निर्वाचन सम्पन्न हुने विश्वास आम पत्रकारहरुमा दिनु जरुरी छ । अतः विश्वासको वातावरणसहित महाधिवेशन सम्पन्न गरेर पत्रकार महासंघको गरिमा रक्षा गर्न सिन्डीगेटधारीहरुलाई परास्त गर्न जरुरी छ । त्यसका लागि देशभरका सम्पूर्ण पत्रकारहरुलाई यो स्वतन्त्र अभियानमा सहभागी हुन हार्दिक आव्हान गर्दछौं,’ प्रेस नोटमा उल्लेख छ ।
क्रियाशील पत्रकारहरुको वृहत्तर छलफल गरी पत्रकार र पत्रकारितासँग आबद्ध सबै संघ संगठन र पक्षसँग वार्ता, सम्वाद र सहकार्यका गठित संवाद टोलीमा योगेन्द्र शाही, मोहनकुमार सिंह, योगेश खपाङ्गी, प्रवीण चौधरी, यकिना अगाध, विदूर ढुङ्गेल, गोपाल पौडेल र मनिषा अवस्थी रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>