Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १४ गते शुक्रबार

कैलालीका ४ विद्यार्थीले पुर्याए ४ अंक

२०८० को एसइई परीक्षामा सुदूरपश्चिमबाट चार जना विद्यार्थीले मात्रै ४ जिपिए हासिल गरेका छन्।
४ जिपिए हासिल गर्ने चारै जना विद्यार्थी कैलाली जिल्लाका रहेका छन्। सुदूरपश्चिमबाट २०८० को एसइई परीक्षा कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाको दुर्गालक्ष्मी माध्यमिक विद्यालयकी छात्रा नितिका अवस्थीले सामुदायिक विद्यालयतर्फ सर्वाधिक ४ जिपिए हासिल गरेकी छन्।

गोदावरीकै सैनिक आवासीय महाविद्यालय तेघरीका एक तथा सत्यवादी एकेडेमीका निर्मल ठगुन्नाले पनि ४ जिपिए हासिल गरेका छन्। यस्तै, टीकापुरको वीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जिपिए हासिल गरेका छन्। सुदूरपश्चिमका अन्य ८ जिल्लाबाट भने कुनै पनि परीक्षार्थीले ४ जिपिए ल्याउन सकेका छैनन्।
२०८० चैत १५ देखि २७ गतेसम्म चलेको एसइई परीक्षामा सुदूरपश्चिमका ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएका थिए। सुदूरपश्चिमका ३३ हजार ७४४ जनाको एनजी नतिजा आएको शिक्षा निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>