Samriddhipost
२०८१ असार १७ गते सोमबार
महेन्द्रनगर
२०८१ असार १४ गते शुक्रबार

अस्पताललाई बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने: मन्त्री भाट

सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरलले सुदूरपश्चिमका सबै अस्पतालमा बजेट अभाव नहुने बताएका छन्।मन्त्रालयमा बिहीबार आयोजित स्वास्थ्य क्षेत्रमा विपद् पूर्व तयारी, व्यवस्थापन तथा अन्य विषयमा मेसु तथा अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुसँग छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। 

मन्त्री भाटले अस्पताललाई बजेट अभाव हुन नदिने र बजेट अभावकै कारण कुनै पनि अस्पतालमा औषधि, उपचार लगायत कर्मचारी व्यवस्थापनमा समस्या नहुने दाबी गरे। यस्तै उनले महत्वपूर्ण कुराका रुपमा रहेको ओएनएमको विषय पनि प्राथमिकताका साथ अघि बढाइएको बताए। उनले सो फाइल मुख्यमन्त्री कार्यालयमा पठाइएको बताउँदै क्याबिनेटबाट कुनै पनि हालतमा ओएनएम गराइछाड्ने जिकिर गरे। त्यस्तै उनले आगामी दिनमा आउनसक्ने विपद् जोखिमको पूर्व तयारीका लागि पनि प्रदेशका सबै अस्पताललाई तयारी गर्न निर्देशन दिएका छन्। जसका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने उनको भनाई छ। 

सो कार्यक्रममा सुदूरपश्चिमका सबै जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेन्डेन्टहरु सहभागी थिए। उनीहरूले प्रदेश सरकारको इतिहासमै सामाजिक विकास मन्त्रीले पहिलोपटक अध्यक्ष र मेसुहरुलाई बोलाएर सामूहिक छलफल गराएको बताए ।

कार्यक्रममा उनीहरूले स्वास्थ्यकर्मीलाई दिनुपर्ने अतिरिक्त भत्ताको विषय पनि उठाएका छन्। सो विषय चाडै समाधान हुने र चिकित्सकलाई प्रोत्साहन भत्ता दिने कुरामा आफू प्रतिबद्ध रहेको मन्त्री भाटले जनाए। 

त्यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुले आफ्नो र अस्पतालको सुरक्षाको विषय पनि महत्वपूर्ण रहेको कार्यक्रममा बताएका थिए भने सबै सुदूरपश्चिमका अस्पतालको स्तरवृद्धि गर्नुपर्ने सहभागी अध्यक्षहरुको भनाई थियो। त्यस्तै विपद्का लागि टिमहरु बनाएर तयारी थालिएको पनि अस्पतालहरुको दाबी छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>