Samriddhipost
२०८१ असार १७ गते सोमबार
महेन्द्रनगर
२०८१ असार १४ गते शुक्रबार

एम्बुलेन्स चालकलाई तालिम, ज्यान जाेगाउन मदत पुग्ने, मानविय सेवामा समर्पित हुन मन्त्रीकाे निर्देशन ।

सुदुरपश्चिमका एम्बुलेन्स चालकहरुलाई प्रि हस्पिटल केयर तालिम दिईएकाे छ । बिरामि र घाईते भएकाे ठाउँबाट अस्पताल सम्म बिरामि लग्ने काम एम्बुलेन्स चालकले गर्ने, उक्त समयमा कुनैपनि स्वास्थ्यकर्मी साथमा नहुदा चालकले नै केयर गर्न सक्ने भएकाले चालकहरुलाई तालिम दिईएकाे हाे ।
राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ जारि भएपछि एम्बुलेन्स  संचालनका मापदण्ड परिवर्तन भएका थिए । बिगतमा बिभिन्न चार तहमा बर्गिकृत एम्बुलेन्स हटाएर २ किसिमका बर्ग राखिएकाे छ । जस्मा क बर्गमा डाक्टर अधिकृत स्वास्थ्यकर्मि हुनुपर्ने र दाेस्राे ख बर्गमा आवश्यक तालिम प्राप्त चालक भएकाे हुनुपर्ने ब्यावस्था रहेकाे उक्त  ब्यावस्था कार्यान्वयन गर्न समेत चालकहरूलाई तालिम दिईएकाे, याे पटककाे तालिम १३ ब्याच रहेकाे स्वास्थ्य निर्देशनालयका उत्तम उपाध्यायले जानकारी दिनुभयाे ।
तालिम प्राप्त चालकले बिरामिकाे अवस्था अनुसार कसरि बिरामिलाई राख्ने, अक्सिजन कति दिने, कति गतिमा एम्बुलेन्स चलाउने, आफू दुर्घटना बाट कसरी बच्ने, कुन अस्पतालमा पुर्याउने लगायत विभिन्न आवश्यक तालिम दिईने र बिरामि, प्रसुति तथा दुर्घटनामा परेका मानिसकाे ज्यान अस्पताल सम्म कुशल रुपमा पुगाउन मदत्त हुने । सानाे केयरले मानिसकाे ज्यान जाेखिम हुन बाट बच्ने भएका कारण यसरी तालिम दिईएकाे निर्देशनालयका निर्देशक डाक्टर खगेन्द्र बमले बताउनु भयाे ।
बिहिबार तालिमकाे समापन भएकाे थियाे उक्त समापन समाराेहमा सामाजिक विकास मन्त्रि ओम बिक्रम भाट(सरल) काे उपस्थितिमा स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमकाे अध्यक्षतामा सम्पन्न भएकाे छ । समापन कार्यक्रममा बाेल्दै मन्त्री सरलले राम्राे प्लान बनाएकाेमा धन्यावाद दिदै आफू आवश्यक सहयाेगका लागि तयार रहेकाे बताउदै मानविय सेवामा सर्मर्पित हुन निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>