Samriddhipost
२०८१ असार १७ गते सोमबार
बैतडी
२०८१ असार १४ गते शुक्रबार

पाटन ८ भवन उद्घाटन, लैङ्गक हिंसा अन्त्यका लागि १० हजार लाई तालिम दिने मन्त्री भाट

बैतडीको पाटन नगरपालिका वडा नं ८ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । भवन निर्माण कार्य सम्पन्न भएपछि शुक्रबार भव्य समारोहकाबीच भवनको उद्दघाटन गरिएको छ । 
उक्त भवन सुदूरपश्चिमका सामाजिक विकास मन्त्री ओमविक्रम भाट (सरल)ले उद्दघाटन गरेका छन् । वडा अध्यक्ष हरिश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री भाटका साथै पाटन नगरपालिका नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाट, वडा नं १० का वडा अध्यक्ष धनबहादुर कुँवर, वडा नं १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्ना लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
सुदूरपश्चिम प्रदेश सरकार र पाटन नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको वडा कार्यालयको प्रशासकीय भवनको मन्त्री भाटले उद्दघाटन गरेका हुन् । १ करोड ३ लाखको लागतमा उक्त भवन निर्माण भएको बताइएको छ । 
वडा नं ८ मा वडा कार्यालयको भवन निर्माण भएर सञ्चालनमा आएसंगै सेवा प्रवाहमा सहजता हुने वडा अध्यक्ष बिष्टले बताए । भाडाको भवनमा कार्यालय सञ्चालनको बाध्यता हटेको र सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्न सकिने वडा अध्यक्ष बिष्टले बताए । 
भवन उद्दघाटन कार्यक्रममा बोल्दै मन्त्री भाटले प्रदेश सरकारले सबै क्षेत्रलाई समेट्ने गरेर काम गरिरहेको बताए । प्रदेशमा लैंगिक हिंसा अन्त्यका लागि १० हजार जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिइने उनले बताए । नीतिगत सुधारका क्षेत्रमा सरकारले काम गरिरहेको बताउँदै मन्त्री भाटले सबैको सहयोग आवश्यक रहेको बताए । 
वडा कार्यालय भवन निर्माणका लागि जमीन दान गरेका रामसिंह बिष्ट र वडा भवनलाई समयमै निर्माण कार्य सम्पन्न गरेका निर्माण व्यवसायी हिम्मत चन्दलाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको वडा अध्यक्ष बिष्टले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>