Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १५ गते शनिबार

बाजुरामा आएकाे पहिराेमा पुरिएर ७० बाख्रा मरे

बाजुराको पूर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नम्बर –२ कोटी चौकामा रहेको बाख्रीगोठमा पहिरो आउँदा सत्तरी बाख्रा पुरिएर मरेका छन् ।
गत शुक्रबार राति आएका अविरल वर्षातका कारण बाख्री गोठमाथिबाट एक्कासि आएको पहिरोले पुरेपछि गोठमा रहेका ७० बाख्रा मरेको हुन् ।
पहिरोले पुरेर यहाँका गोरखराज बोहराका ४० जर्म बोहराका १० र जीवन बोहराका २० गरी ७० वटा बाख्रा पहिरोले पुरेर मरेको हिमाली गाउँपालिका(२ का स्थानीय गोरखराज बोहराले बताए ।
उनले भने, “गोठमा रहेको ८० बाख्रामा १० वटा बाख्रा सकुशल रहेको छन् । अन्य ७० वटा बाख्रा पहिरोमा पुरेर मरेका हुन् ।”
गाउँमै केही व्यवसाय गरेर खानु पर्छ भने बाख्रा पालेर गाउँमा बसेको थिए । गएराति पानी परेको बेलामा एक्कासि पहिरो आएको सबै बाख्रालाई मरेपछि अब के व्यवसाय गरेर बस्ने स्थानीय बोहराले बताए ।
हिमाली गाउँपालिका-२ को कोटीमा आएको पहिरोले ७० वटा भेडा मरेको भन्ने खबर आएपछि अहिले त्यो ठाउँमा प्रहरीका टोली पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>