Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार १५ गते शनिबार

डडेल्धुरामा घाँटी रेटिएर घाइते अवस्थामा फेला परेका निर्माण व्यवयायीको डम्बर भट्टको मृत्यु भएको छ।
घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका निर्माण व्यवसायी डम्बरदेव भट्ट (सन्तोष) को सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो। शनिवार बिहान डडेल्धुराको अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्ट घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा घाइते फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार उनी घर नजिकैको जंगलमा फेला परेका थिए। घाइते फेला परेका भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुगाइएको थियो। डडेल्धुरा अस्पतालले थप उपचारका लागि अन्यत्र पठाएकोमा शनिवार दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि आफू आर्थिक समस्यामा परेको उनले आफूनिकट साथीहरूलाई बताउँदै आएका थिए। भट्ट शुक्रवार साँझबाट परिवारका सदस्यसँग सम्पर्कमा थिएनन्। रातिसम्म घर नआएपछि उनका आफन्तले खोजी गरेपनि फेला परेका थिएनन्। अरुलाइ सँधै सकारात्मक कुराहरु सिकाउने,हरेक समस्याको समाधानका उपाय सिकाउने भट्ट सव–ओभरसियर समेत हुन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>