Samriddhipost
२०८१ असार १८ गते मङ्गलबार
महेन्द्रनगर
२०८१ असार १६ गते आइतबार

बैतडीमा सडककाे ट्याक्टर सिधै घरकाे पाखामा पुगेपछि

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई बालिका घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका–३ मा ट्याक्टर दुर्घटना भएको हो।
आइतबार बिहान वडा नम्बर ३ को  कुजागाड सडकखण्डको तल्खेत भन्ने स्थानमा सुदूरपश्चिम प्रदेश ०२ च ००२ त ४३७० नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो। ट्याक्टर दुर्घटनामा परी दुई बालिका घाइते भएकी छन्। घाइते हुनेमा करन चन्दकी ७ वर्षीया छोरी निकिता चन्द र बिरबहादुर चन्दकी ७ वर्षीया छोरी पुर्णीमा चन्द रहेकी छन्।
घाइते दुवैलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन ल्याइएको छ। काजागाड सडकखण्डमा ढुंगा लोड गर्ने क्रममा एक्कसी ट्याक्टर अगाडी बढेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले बताए। ट्याक्टर सडकबाट सय मिटर तल खसेको हो।
दुर्घटनामा परेको टयक्टरको अगाडीको भाग स्थानीय धनी भट्टको घरमाथि अडिएको छ भने पछाडीको भाग घर अगाडीको बारीमा पुगेको छ। घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। कैलाली घर भएका चालक धनीराम डगौरालाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>